काठमाडौं– वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले लगानीयोग्य रकम जोहो गर्न ब्याजदर बढाएको बताएका छन्।
माघ महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ।
नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। गत महिना अधिकांश बैंकहरुको अधिकतम १०.०५ प्रतिशत रहेको थियो।
शुक्रबार बसेको बैंकर्स एसोशियसनको बैठकले बैंकहरुलाई आफूखुसी ब्याजदर तोक्न दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।