काठमाडौं– बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताएका छन्।
मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारीको १९औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले मकै रोप्ने समयमा मलको अभाव हुन नदिने बताए।
सबैखाले बिमा गर्न जनचेतनाको आवश्यकता औंल्याउँदै मन्त्री हुमागाईँले खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माणलगायतका विषयमा प्रदेश सरकारले प्राथमिकताका साथ काम सुरु गरेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।