काठमाडौं- फागुन १ गतेबाट विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर बढाउने भएका छन्। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंकले त्यही निर्णयलाई पछ्याउने भएका हुन्।
फागुन १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम ११.६५ प्रतिशतसम्म कायम गर्ने निर्णय गरेका छन्। यसअघि वाणिज्य बैंकहरुले यस्तो ब्याजदर अधिकतम ११.०३ प्रतिशत बनाउने निर्णय गरेका थिए।
नेपाल राष्ट्र बैंकको नियमानुसार विकास बैंकले ११.६५ प्रतिशतसम्म ब्याजदर बढ्ने डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले बताए। अहिले राष्ट्रियस्तरको विकास बैंकको ब्याजदर १०.३५ प्रतिशत छ भने क्षेत्रीयस्तरका विकास बैंकको निक्षेपको ब्याजदर १०.४५ रहेको उनले बताए।
अब नयाँ ब्याजदर कायम हुँदा राष्ट्रियस्तरको ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकको ब्याजदर ११.५६ प्रतिशत हुने पोखरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।