काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।