काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई आर्थिक तथा सामाजिक हिसाबले ब्ल्याक होलतर्फ धकेलिरहेको आरोप लगाएका छन्।
ओलीले सरकारलाई देशको अर्थतन्त्रको विषयमा चिन्ता लिन आग्रह गरेका छन्। उनले चुनाव केन्द्रित अभियानको उद्घाटनका क्रममा चालु खर्च बृद्धि भएर ३८.५ प्रतिशत पुगेको बताएका छन् । उनी भन्छन्, ‘यो असाधारण नकारात्मक तर्फको दिशा हो। यसले सात महिनाको समय खेर गएको मात्र हैन्। समय खेरमात्र गएको भए त्यसलाई समेटन सक्थौं होला तर नकारात्मक दिशातिर देशको अर्थतन्त्र गएको छ।’
उनले सरकारले साझेदारसँगको विश्वास पनि गुमाउदै गएको बताए। ‘आर्थिक वर्षको ६ महिनासम्म देशमा आउने विदेशी अनुदान सून्य छ। आगामी तीन वर्षमा देशको सबै राजमार्गलाई कालोपत्रे सडकले जोड्ने हाम्रो योजना थियो। त्यो प्रभावित हुँने गरि सरकारले बजेट कटौति गरेको छ।'
सरकारले विकासको पूर्वाधारहरु पनि कमजोर बनाएको ओली आरोप छ। यसैगरी सरकारले सयौ सडक आयोजनाहरु रद्ध गरेको छ। मेल्मची परियोजनालाई सञ्चालन गर्न सरकार पूरै उदासिन देखिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।