काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेका छन्। युक्रेनतर्फका सीमा रुसी सैन्य उपस्थिति बढिको भन्दै उनले आफ्ना नागरिकलाई तत्काल छाड्न भनेका हुन्। 'अमेरिकी नागरिकहरूले अब युक्रेन छोड्नुपर्छ' बाइडनले एनबीसी न्युजसँगको एक अन्तर्वार्तामा भने।
बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएको बीबीसीले उल्लेख गरेको छ। उनले अवस्था छिट्टै भयानक हुनसक्ने चेतावनी दिएका छन्।
आफूहरुले विश्वकै सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गरिरहेको र यो भयान हुन सक्ने उनको भनाइ छ। 'हामी विश्वकै सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौँ। यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन्' उनले भनेका छन्।
उनले अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गरे त्यो विश्वयुद्ध हुने चेतावनी दिए। त्यस्तो अवस्थामा नागरिकको उद्धार गर्न नसकिने उनको भनाइ छ।
'जब अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गर्छन् त्यो विश्वयुद्ध हुन्छ। हामी यसअघि भन्दा धेरै फरक परिवेशमा पुगिसकेका छौँ' उनले भने।
यसैबीच युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्याएको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।