• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेखर ‘मुभ’का संकेत

64x64
डिबी खड्का बिहीबार, माघ २७, २०७८  २०:०३
1140x725

काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा ‘उपविजेता’ बनेका शेखर कोइराला गृह प्रदेश (१ नंम्बर)बाट फर्केपछि एकाएक राष्ट्रिय राजनीतिमा सक्रिय भएका छन्। बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डसँग भेटे।

वैशाख ३० को चुनाव, फागुन १६ भित्रै एमसीसी पास गर्नुपर्ने समयसीमा र सत्ता गठबन्धनमा देखिएका फरक मतले राष्ट्रिय राजनीति तातेको छ। यही तापमा भेटवार्ताको ‘घन’ बोकेर कोइराला हिँड्नु स्वभाविक देखिँदैन। गहिरिएर हेर्दा उनी यसलाई आफ्नो अनुकूलको आकारमा ढाल्ने प्रयासमा लागेका संकेतहरु भेटिन्छन्।

कांग्रेसको अधिवेशनपछि आन्तरिक राजनीतिमा ‘स्पेस’ निर्माण गरेका उनले त्यसको उपयोग गर्ने सही समय कुरिरहेका थिए। त्यो समय आइपुगेको महसुस गरेरै अघि बढेको उनी निकटस्थहरु बताउँछन्। कोइराला यो ‘मुभ’मार्फत् पार्टीभित्र र बाहिर विभिन्न सन्देश दिन खोजिरहेका छन्।

देउवालाई स्वीकार्न बाध्य पार्ने दाउ
सत्ता साझेदार ४ दलसँग सम्बन्ध सुमधुर राख्न चाहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रका प्रतिष्पर्धीलाई ढिम्किन दिइरहेका छैनन्। कांग्रेसको महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर देउवाइतर प्यानलको नेता बनेका कोइरालालाई त्यही रुपमा स्वीकार्न देउवालाई सकस परिरहेको छ। 

त्यसकारण सभापतिका लागि दोस्रो चरणमा आफूलाई सघाउने प्रकाशमान सिंह र मौनता साँधेर सहयोगी बनेका रामचन्द्र पौडेलसँगै सहयोग आदानप्रदान गरिरहेका छन्, देउवा। कोइरालालाई पार्टी वरियतामा पछाडि पारेर मात्रै होइन, महिनाको आरम्भमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा उनीहरु (पौडेल)लाई भाग दिएर देउवाले आफूलाई प्रमाणित गरिसकेका छन्।

सरकारमा गठबन्धनका कारण र पार्टीभित्र पौडेल र सिंहका कारण आनन्ददायी अवस्थामा रहेका थिए देउवा। तर, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट पास गर्न बढ्दो दबाबले समस्यामा पारेको छ। सत्ता सहयात्री ३ दल माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा यसको विपक्षमा उभिएका छन्।

यसले देउवाका आगामी दिन विगत जस्तो सहज नरहेको दर्शाउँछ। पार्टीभित्रकै एउटा शक्तिलाई ‘इग्नोर’ गर्दा त्यसले थप संकट सिर्जना हुनसक्छ। यही दाउ छोप्ने संकेत कोइरालाको  मुभले दर्शाएको छ।

कोइरालानिकट एक नेता भन्छन्, ‘महाधिवेशनको त्यो जनमत अनदेखा गर्न मिल्दैन। सभापतिले बेवास्ता गरे पनि राष्ट्रिय राजनीतिमा पार्टीभित्रको जनमतले अर्थ राख्छ। त्यही कारण एमसीसीको गाँठो फुकाउन, संसदको अवरोध हटाउन र सर्वदलीय सद्भाव कायम राख्न उहाँ सक्रिय हुनुभएको हो।’

nimb
nimb

कोइरालाले पहिल्यै महाधिवेशनका मतदाताले दिएको स्थानमा रहने बताइसकेकाले यो सक्रियता त्यसैको परिणाम भएको उनको दाबी छ। ‘लामो समय विराटनगरतिर बस्नुभयो। काठमाडौं आएपछि मतदाताले दिएको भूमिकाअनुसार उपस्थिति देखाउन खोज्नुभएको हो।’

सरकारमा गठबन्धन, चुनावमा एकल
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा सत्ता गठबन्धन आगामी निर्वाचनसम्म लैजाने बताइरहेका छन्। सत्ता साझेदार नेताहरुलाई आश्वासन मात्रै दिएका छैनन्, सार्वजनिक रुपमा समेत आफ्नो मनशाय चुनावसम्म गठबन्धन कायम राख्नु रहेको बताइसकेका छन्।

गठबन्धनका आशा देखाएर एमसीसीलगायत महत्त्वपूर्ण अजेन्डालाई चुनावअघि नै उम्काउन खोजेका छन् देउवाले। एमसीसीलाई संसद्‌मा टेबुल गर्ने कुरामा पार्टीमै अन्तरविरोध खेपिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबारसम्म अलमलिरहेका थिए। खुलेर विपक्षमा उभिँदा आसन्न निर्वाचनमा गठबन्धन गुमाउने डर कायम थियो। 

बिहीबार कोइरालाले डेढ घण्टा प्रचण्डसँग छलफल गर्नु र त्यसपछि प्रचण्डले बालुवाटार पुगेर एमसीसीमा सहयोग गर्न नसकिने बताउनु ‘बाघ कराउनु र बाख्रो हराउनु’को संयोग मात्रै होइन। कोइरालाले प्रचण्डसँग स्पष्ट रुपमा ‘कांग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने’ बताउनुको प्रभाव पनि हो।

बिहीबार बिहान ९ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्ताका लागि खुमलटार पुगेका नेता कोइरालाले आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने बताएका थिए।

कांग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार दुई नेताबीचको भेटमा कोइरालाले भनेका थिए, ‘गएको निर्वाचनमा हामीले हेरिसक्यौं, माओवादीले कांग्रेसलाई भोट हाल्दैनन्। बरु एमालेलाई हाल्छ।’ उनले यसो भन्नुको अर्थमा कांग्रेस कार्यकर्ताले माओवादीलाई भोट नहाल्ने संकेत पनि हो।

गएको निर्वाचनमा विवादविहीन गठबन्धन गर्दा समेत केही ठाउँमा कांग्रेस, तर धेरै ठाउँमा माओवादी केन्द्रका उम्मेदवारले धोका खाएको इतिहास छ। कांग्रेसको ४० प्रतिशत समर्थन बोकेका नेताले यसरी स्पष्ट रुपमा भनेर हिँड्दा गठबन्धन फेरि कांग्रेसका उम्मेदवार जिताउन मात्रै प्रभावी हुने कुरा प्रचण्डले नबुझ्ने कुरै भएन।

कोइरालासँगको भेटपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित बालुवाटार पुगे प्रचण्ड। उनले देउवालाई स्पष्ट रुपमा भने, ‘एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न सकिँदैन।’

कोइरालाले गठबन्धन गर्न नसकिने प्रचण्डलाई बताउनुको अर्थ रहेको उनी निकट नेताहरु बताउँछन्। कोइराला निकट एक नेताले भने, ‘देउवाले गठबन्धन लिएर चुनाव जाने बताउँदा प्रचण्डले कोइरालाको कुरा उनीसम्म राख्नेछन्। विश्वास नभएको बताउनेछन्। चुनावमा गठबन्धन गर्ने कुरा त्यहीँ सकिनेछ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदम विरुद्धको गठबन्धनलाई त्यही मर्मअनुसार संघीय निर्वाचनसम्म पुर्‍याउनुपर्छ भन्ने मान्यता कोइरालाको छ। ‘निर्वाचन आगामी सरकारका लागि हो, त्यसैले गठबन्धन नै गरेर निर्वाचन गर्ने कुरा राम्रो होइन। निर्वाचनसम्म भने यो गठबन्धन कुनैपनि हालतमा लैजानुपर्छ। निर्वाचपछि फेरि बनाउनुपर्छ’, कोइरालानिकट ती नेता बताउँछन्। 

एमसीसीमा विशेष चासो
नेता कोइरालाको बुझाइ छ– एमसीसी अहिले गलपासो भयो। यो गाँठो जति जेलिँदै गयो, त्यति कांग्रेसलाई हानी हुन्छ। मुलुकको प्रतिष्ठामा आँच आउँछ। 

कोइरालाले ओली र प्रचण्ड दुवैलाई भेट्दा एमसीसीका बारेमा लामो कुराकानी गरेको उनीनिकट स्रोत बताउँछ। दुवै नेतासँगको भेटमा एमसीसी पास गर्नुपर्ने प्रष्ट धारणा राखेका कोइरालाले संसद्‌मा पुर्‍याउने वातावरण बनाउन आग्रह गरेका छन्। 

कोइरालानिकट स्रोतले भन्यो, ‘एमसीसीको गाँठो फुकोस् भन्ने उहाँको चाहना हो। यो तलमाथि भयो भने मुलुकले नै मूल्य चुकाउनुपर्छ। सबैभन्दा सिरियस यसैमा हुनुहुन्थ्यो।’

कोइरालाले यसमा सर्वदलीय सहमति कायम गरेर अघि बढ्ने प्रयासमा आफू लाग्ने निकटस्थलाई बताएका छन्। त्यही कारण उनले प्रमुख प्रतिपक्ष दल र एमसीसीको विरोधमा रहेको माओवादी केन्द्रका अध्यक्षलाई उनले प्राथमिकतामा राखेर भेटेका हुन्। ‘सके सर्वदलीय सहमति कायम गरौं। नभए संसद्‌मा टेबुल गर्नेसम्मको सहमति जुटाऔँ। यसको पक्ष र विपक्षको मत संसद्‌मै प्रकट होस्,’ कोइरालाले ओली र प्रचण्डसँग राखेको कुरा उद्घृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘यो मुलुककै प्रतिष्ठाको विषय भयो। एउटा सहायताको विषय मात्रै नभएर डिप्लोमेटिक तहमा पुग्यो।’

स्थानीय तहको निर्वाचन र संकेत
सबैजसो पार्टीमा योग्यभन्दा पनि नेता र गुटले पत्याएको नेताले चुनावमा टिकट पाउने यथार्थ छ। कांग्रेसमा प्रधानमन्त्री तथा सभापति देउवानिकटहरु आगामी निर्वाचनमा हाबी हुने कुरा नयाँ विषय रहेन।

कांग्रेसको महाधिवेशनमै भागबण्डा नगर्ने वाचा गरेका कोइराला त्यहीँ फर्किन नसक्ने अवस्थामा छन्। आफूनिकटका योग्य उम्मेदवार किनारामा नपारिउन् भन्नका लागि पनि उनी सक्रियता देखाउन थालेका हुन्। 

कांग्रेसको नयाँ विधानअनुसार भागबण्डाभन्दा पराजित पक्षको सक्रियताले अर्थ राख्ने देखिएको छ। वडादेखि केन्द्रसम्म पराजित सभापति कार्यसमिति सदस्य बन्ने प्रावधान छ। यसले पार्टीभित्रको प्रतिपक्ष पनि कार्यसमितिमै रहने व्यवस्था गरिएको छ।

विगतमा सभापतिले लेटरप्याडमा चिठी लेखेर उम्मेदवार तोक्ने परम्परा पनि नयाँ विधानबाट भंग भएको छ। उम्मेदवार बन्नका लागि विभिन्न तहबाट सिफारिस हुने र निर्णय गर्ने तोकिएको छ। ती समितिमा पराजित पक्षका नेताहरु पनि रहने भएकाले यसपल्ट गुटकै आधारमा कसैमाथि अन्याय हुनसक्ने सम्भावना कम छ। त्यसरी अन्याय हुन नदिन पार्टीभित्रको ‘प्रतिपक्ष’ले शक्ति भने देखाइरहनु पर्नेछ।

कोइरालाको सक्रियतामा महाधिवेशनमा आफूलाई सघाएकै नाममा कुनै नेता–कार्यकर्ता अन्यायमा नपरोस् भन्ने दबाब पनि रहेको बुझिएको छ। केन्द्रमा आफू सक्रिय भएर तल्लो तहमा आफूनिकटलाई पनि त्यहीअनुसार परिचालन गर्ने रणनीति उनले अख्तियार गरेको उनीनिकटको दाबी छ। 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव सिंहदरवारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका छन् । सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी छ । बिहीबार, भदौ ११, २०८३
साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग एवम् सहकार्यमा विपत्तिक... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
विपद् व्यवस्थापनका लागि स्रोतको अभाव हुँदैन : अर्थमन्त्री बिहीबार, भदौ ११, २०८३
राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव बिहीबार, भदौ ११, २०८३
साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपछि नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सेवा सुचारु बिहीबार, भदौ ११, २०८३
भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु. १ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्