• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
शेखर ‘मुभ’का संकेत
64x64
डिबी खड्का बिहीबार, माघ २७, २०७८  २०:०३
1140x725

काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा ‘उपविजेता’ बनेका शेखर कोइराला गृह प्रदेश (१ नंम्बर)बाट फर्केपछि एकाएक राष्ट्रिय राजनीतिमा सक्रिय भएका छन्। बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डसँग भेटे।

वैशाख ३० को चुनाव, फागुन १६ भित्रै एमसीसी पास गर्नुपर्ने समयसीमा र सत्ता गठबन्धनमा देखिएका फरक मतले राष्ट्रिय राजनीति तातेको छ। यही तापमा भेटवार्ताको ‘घन’ बोकेर कोइराला हिँड्नु स्वभाविक देखिँदैन। गहिरिएर हेर्दा उनी यसलाई आफ्नो अनुकूलको आकारमा ढाल्ने प्रयासमा लागेका संकेतहरु भेटिन्छन्।

कांग्रेसको अधिवेशनपछि आन्तरिक राजनीतिमा ‘स्पेस’ निर्माण गरेका उनले त्यसको उपयोग गर्ने सही समय कुरिरहेका थिए। त्यो समय आइपुगेको महसुस गरेरै अघि बढेको उनी निकटस्थहरु बताउँछन्। कोइराला यो ‘मुभ’मार्फत् पार्टीभित्र र बाहिर विभिन्न सन्देश दिन खोजिरहेका छन्।

देउवालाई स्वीकार्न बाध्य पार्ने दाउ
सत्ता साझेदार ४ दलसँग सम्बन्ध सुमधुर राख्न चाहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रका प्रतिष्पर्धीलाई ढिम्किन दिइरहेका छैनन्। कांग्रेसको महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर देउवाइतर प्यानलको नेता बनेका कोइरालालाई त्यही रुपमा स्वीकार्न देउवालाई सकस परिरहेको छ। 

त्यसकारण सभापतिका लागि दोस्रो चरणमा आफूलाई सघाउने प्रकाशमान सिंह र मौनता साँधेर सहयोगी बनेका रामचन्द्र पौडेलसँगै सहयोग आदानप्रदान गरिरहेका छन्, देउवा। कोइरालालाई पार्टी वरियतामा पछाडि पारेर मात्रै होइन, महिनाको आरम्भमा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा उनीहरु (पौडेल)लाई भाग दिएर देउवाले आफूलाई प्रमाणित गरिसकेका छन्।

सरकारमा गठबन्धनका कारण र पार्टीभित्र पौडेल र सिंहका कारण आनन्ददायी अवस्थामा रहेका थिए देउवा। तर, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट पास गर्न बढ्दो दबाबले समस्यामा पारेको छ। सत्ता सहयात्री ३ दल माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा यसको विपक्षमा उभिएका छन्।

यसले देउवाका आगामी दिन विगत जस्तो सहज नरहेको दर्शाउँछ। पार्टीभित्रकै एउटा शक्तिलाई ‘इग्नोर’ गर्दा त्यसले थप संकट सिर्जना हुनसक्छ। यही दाउ छोप्ने संकेत कोइरालाको  मुभले दर्शाएको छ।

कोइरालानिकट एक नेता भन्छन्, ‘महाधिवेशनको त्यो जनमत अनदेखा गर्न मिल्दैन। सभापतिले बेवास्ता गरे पनि राष्ट्रिय राजनीतिमा पार्टीभित्रको जनमतले अर्थ राख्छ। त्यही कारण एमसीसीको गाँठो फुकाउन, संसदको अवरोध हटाउन र सर्वदलीय सद्भाव कायम राख्न उहाँ सक्रिय हुनुभएको हो।’

Ncell 2
Ncell 2

कोइरालाले पहिल्यै महाधिवेशनका मतदाताले दिएको स्थानमा रहने बताइसकेकाले यो सक्रियता त्यसैको परिणाम भएको उनको दाबी छ। ‘लामो समय विराटनगरतिर बस्नुभयो। काठमाडौं आएपछि मतदाताले दिएको भूमिकाअनुसार उपस्थिति देखाउन खोज्नुभएको हो।’

सरकारमा गठबन्धन, चुनावमा एकल
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा सत्ता गठबन्धन आगामी निर्वाचनसम्म लैजाने बताइरहेका छन्। सत्ता साझेदार नेताहरुलाई आश्वासन मात्रै दिएका छैनन्, सार्वजनिक रुपमा समेत आफ्नो मनशाय चुनावसम्म गठबन्धन कायम राख्नु रहेको बताइसकेका छन्।

गठबन्धनका आशा देखाएर एमसीसीलगायत महत्त्वपूर्ण अजेन्डालाई चुनावअघि नै उम्काउन खोजेका छन् देउवाले। एमसीसीलाई संसद्‌मा टेबुल गर्ने कुरामा पार्टीमै अन्तरविरोध खेपिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबारसम्म अलमलिरहेका थिए। खुलेर विपक्षमा उभिँदा आसन्न निर्वाचनमा गठबन्धन गुमाउने डर कायम थियो। 

बिहीबार कोइरालाले डेढ घण्टा प्रचण्डसँग छलफल गर्नु र त्यसपछि प्रचण्डले बालुवाटार पुगेर एमसीसीमा सहयोग गर्न नसकिने बताउनु ‘बाघ कराउनु र बाख्रो हराउनु’को संयोग मात्रै होइन। कोइरालाले प्रचण्डसँग स्पष्ट रुपमा ‘कांग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने’ बताउनुको प्रभाव पनि हो।

बिहीबार बिहान ९ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्ताका लागि खुमलटार पुगेका नेता कोइरालाले आगामी वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुन नसक्ने बताएका थिए।

कांग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार दुई नेताबीचको भेटमा कोइरालाले भनेका थिए, ‘गएको निर्वाचनमा हामीले हेरिसक्यौं, माओवादीले कांग्रेसलाई भोट हाल्दैनन्। बरु एमालेलाई हाल्छ।’ उनले यसो भन्नुको अर्थमा कांग्रेस कार्यकर्ताले माओवादीलाई भोट नहाल्ने संकेत पनि हो।

गएको निर्वाचनमा विवादविहीन गठबन्धन गर्दा समेत केही ठाउँमा कांग्रेस, तर धेरै ठाउँमा माओवादी केन्द्रका उम्मेदवारले धोका खाएको इतिहास छ। कांग्रेसको ४० प्रतिशत समर्थन बोकेका नेताले यसरी स्पष्ट रुपमा भनेर हिँड्दा गठबन्धन फेरि कांग्रेसका उम्मेदवार जिताउन मात्रै प्रभावी हुने कुरा प्रचण्डले नबुझ्ने कुरै भएन।

कोइरालासँगको भेटपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित बालुवाटार पुगे प्रचण्ड। उनले देउवालाई स्पष्ट रुपमा भने, ‘एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न सकिँदैन।’

कोइरालाले गठबन्धन गर्न नसकिने प्रचण्डलाई बताउनुको अर्थ रहेको उनी निकट नेताहरु बताउँछन्। कोइराला निकट एक नेताले भने, ‘देउवाले गठबन्धन लिएर चुनाव जाने बताउँदा प्रचण्डले कोइरालाको कुरा उनीसम्म राख्नेछन्। विश्वास नभएको बताउनेछन्। चुनावमा गठबन्धन गर्ने कुरा त्यहीँ सकिनेछ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदम विरुद्धको गठबन्धनलाई त्यही मर्मअनुसार संघीय निर्वाचनसम्म पुर्‍याउनुपर्छ भन्ने मान्यता कोइरालाको छ। ‘निर्वाचन आगामी सरकारका लागि हो, त्यसैले गठबन्धन नै गरेर निर्वाचन गर्ने कुरा राम्रो होइन। निर्वाचनसम्म भने यो गठबन्धन कुनैपनि हालतमा लैजानुपर्छ। निर्वाचपछि फेरि बनाउनुपर्छ’, कोइरालानिकट ती नेता बताउँछन्। 

एमसीसीमा विशेष चासो
नेता कोइरालाको बुझाइ छ– एमसीसी अहिले गलपासो भयो। यो गाँठो जति जेलिँदै गयो, त्यति कांग्रेसलाई हानी हुन्छ। मुलुकको प्रतिष्ठामा आँच आउँछ। 

कोइरालाले ओली र प्रचण्ड दुवैलाई भेट्दा एमसीसीका बारेमा लामो कुराकानी गरेको उनीनिकट स्रोत बताउँछ। दुवै नेतासँगको भेटमा एमसीसी पास गर्नुपर्ने प्रष्ट धारणा राखेका कोइरालाले संसद्‌मा पुर्‍याउने वातावरण बनाउन आग्रह गरेका छन्। 

कोइरालानिकट स्रोतले भन्यो, ‘एमसीसीको गाँठो फुकोस् भन्ने उहाँको चाहना हो। यो तलमाथि भयो भने मुलुकले नै मूल्य चुकाउनुपर्छ। सबैभन्दा सिरियस यसैमा हुनुहुन्थ्यो।’

कोइरालाले यसमा सर्वदलीय सहमति कायम गरेर अघि बढ्ने प्रयासमा आफू लाग्ने निकटस्थलाई बताएका छन्। त्यही कारण उनले प्रमुख प्रतिपक्ष दल र एमसीसीको विरोधमा रहेको माओवादी केन्द्रका अध्यक्षलाई उनले प्राथमिकतामा राखेर भेटेका हुन्। ‘सके सर्वदलीय सहमति कायम गरौं। नभए संसद्‌मा टेबुल गर्नेसम्मको सहमति जुटाऔँ। यसको पक्ष र विपक्षको मत संसद्‌मै प्रकट होस्,’ कोइरालाले ओली र प्रचण्डसँग राखेको कुरा उद्घृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘यो मुलुककै प्रतिष्ठाको विषय भयो। एउटा सहायताको विषय मात्रै नभएर डिप्लोमेटिक तहमा पुग्यो।’

स्थानीय तहको निर्वाचन र संकेत
सबैजसो पार्टीमा योग्यभन्दा पनि नेता र गुटले पत्याएको नेताले चुनावमा टिकट पाउने यथार्थ छ। कांग्रेसमा प्रधानमन्त्री तथा सभापति देउवानिकटहरु आगामी निर्वाचनमा हाबी हुने कुरा नयाँ विषय रहेन।

कांग्रेसको महाधिवेशनमै भागबण्डा नगर्ने वाचा गरेका कोइराला त्यहीँ फर्किन नसक्ने अवस्थामा छन्। आफूनिकटका योग्य उम्मेदवार किनारामा नपारिउन् भन्नका लागि पनि उनी सक्रियता देखाउन थालेका हुन्। 

कांग्रेसको नयाँ विधानअनुसार भागबण्डाभन्दा पराजित पक्षको सक्रियताले अर्थ राख्ने देखिएको छ। वडादेखि केन्द्रसम्म पराजित सभापति कार्यसमिति सदस्य बन्ने प्रावधान छ। यसले पार्टीभित्रको प्रतिपक्ष पनि कार्यसमितिमै रहने व्यवस्था गरिएको छ।

विगतमा सभापतिले लेटरप्याडमा चिठी लेखेर उम्मेदवार तोक्ने परम्परा पनि नयाँ विधानबाट भंग भएको छ। उम्मेदवार बन्नका लागि विभिन्न तहबाट सिफारिस हुने र निर्णय गर्ने तोकिएको छ। ती समितिमा पराजित पक्षका नेताहरु पनि रहने भएकाले यसपल्ट गुटकै आधारमा कसैमाथि अन्याय हुनसक्ने सम्भावना कम छ। त्यसरी अन्याय हुन नदिन पार्टीभित्रको ‘प्रतिपक्ष’ले शक्ति भने देखाइरहनु पर्नेछ।

कोइरालाको सक्रियतामा महाधिवेशनमा आफूलाई सघाएकै नाममा कुनै नेता–कार्यकर्ता अन्यायमा नपरोस् भन्ने दबाब पनि रहेको बुझिएको छ। केन्द्रमा आफू सक्रिय भएर तल्लो तहमा आफूनिकटलाई पनि त्यहीअनुसार परिचालन गर्ने रणनीति उनले अख्तियार गरेको उनीनिकटको दाबी छ। 

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्