काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
सोही अवधिमा २२३८ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गरिएको थियो।
८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १०१३ जना र ३ हजार एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, गत २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ८६४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको २९ हजार ४ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।