काठमाडौं– अर्थमन्त्री जनादर्न शर्माले क्रिप्टो करेन्सी/बेटिङ/हाइपर फन्ड पुँजी पलायन गराउने नयाँ माध्यम बनेको बताएका छन्। शर्माले सूचना प्रविधिले अर्थतन्त्रमा विकृति भित्र्याएको समेत बताए।
उनले सूचना प्रविधिको विकास मानव जीवनको महत्त्वपूर्ण उपलब्धि भएतापनि यसका केही नकारात्मक पक्ष समेत रहेको टिप्पणी गरे। बिहीबार बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्री शर्माले डिजिटल तथा क्रिप्टो करेन्सी, हाइपर फन्ड, बेटिङ ग्याम्बलिङलाई सूचना प्रविधिले भित्र्याएका विकृति भएको बताएका हु्न्।
उनले राज्यको मान्यता एकातिर भएपनि यी कारोबार हुने क्रम नरोकिएको बताए । यस्ता प्रविधिका माध्यमबाट क्यापिटल फ्लाइट भइरहेको उनको बुझाइ छ ।
अर्थमन्त्री हिजोभन्दा अर्को र अनियन्त्रित ढंगले भइरहेकोमा नियमन र नियन्त्रण गर्न अध्यनन समिति बनाइएको, नेपाल राष्ट्र बैंक र सबै सरोकारवाला निकाय मिलेर संयन्त्र बनाउँदै लगेको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।