• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

महिलाले हाँकेको स्थानीय सरकार : ‘साना’ कामबाटै नमूना अभ्यास, भ्रष्टाचारलाई ‘ठाउँ छैन’

64x64
धनु विश्वकर्मा शनिबार, माघ २९, २०७८  २०:०५
1140x725

काठमाडौं– रसुवाको कालिका गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सीता पौडेल अधिकारीले निर्णय गर्ने तहमै लैङ्गिक विभेद भोग्नु पर्‍यो। गाउँपालिकाले गर्ने काम कारबाहीबारे निर्णय गर्दा पुरुष सहकर्मी र कर्मचारीले सिधै ‘हुन्न’ नभने पनि व्यवहारमा खुलेर सहयोग भएन। ‘महिलाले भनेको किन मान्ने?’ भन्ने प्रवृत्ति देखियो।

तर, उनी हार मान्ने पक्षमा थिइनन्। चुनावी प्रतिस्पर्धामा विजयी भएर त्यो पदमा पुगेकी थिइन् सीता। निर्णय भएका विषय कार्यान्वयनका लागि आफैं खटिन थालिन्। त्यहीकारण पछिल्लो पाँच वर्षमा कालिका गाउँपालिकाले कतिपय क्षेत्रमा नमूनायोग्य काम गर्न सक्यो।

‘महिलालाई परिवारबाट समेत सहयोग नहुने अवस्था छ। राजनीतिमा पनि खुट्टा तान्नेहरू भइहाल्छन्। निर्णय गर्दा मुखले विरोध नगरे पनि व्यवहारमा असहयोग भयो। त्यस्तो विभेदकारी मानसिकता चिर्न धेरै संघर्ष गर्नुपर्‍यो,’ उनी भन्छिन्।

स्थानीय तहका पदाधिकारीको पाँच वर्षे कार्यकाल सकिन अब करिब तीन महिना बाँकी छ। यो अवधिमा गाउँपालिकाले सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उल्लेख्य काम गरेको पौडेल बताउँछिन्।

सुशासनमा जोड
अध्यक्ष पौडेलले कार्यकाल सुरु गर्दा सर्वप्रथम सुशासनलाई जोड दिइन्। उनले उपभोक्ता समिति र ठेकेदारलाई गलत नियतले काम गर्न नदिने नीति लिइन्। ‘त्यही कारण पाँच वर्ष नै कुनै पनि योजनामा अनियमितता हुन पाएन। धेरै योजना कार्यान्वयनमा सफल भएका छौँ,’ उनले भनिन्।

गाउँपालिकाले योजनाहरूको नियमित अनुगमन गर्ने गरेको छ। काममा पारदर्शिता अपनाएको छ। ‘आजसम्म भ्रष्टाचार भएको गुनासो आएको छैन। सुशासनलाई हामीले गाउँपालिकाको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छौँ,’ पौडेलले भनिन्।

शिक्षा क्षेत्रमा अनुकरणीय कार्य
विद्यालयको व्यवस्थापनमा गाउँपालिकाले उदाहरणीय कार्य गरेको पौडेल बताउँछिन्। सरकारले विद्यार्थीलाई खाजा खुवाउन दिएको पैसाले विद्यालयमा ‘क्यान्टिन’ बनाएको उनको भनाइ छ। गाउँपालिकाले विद्यार्थीलाई खाजा खुवाउन आवश्यक सामग्री किनिदिने गरेको छ। 

गाउँपालिकाले सफल व्यवस्थापन गर्दा विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन्। अध्यक्ष पौडेल भन्छिन्, ‘यो वर्ष केही निजी विद्यालय बन्द हुने अवस्थामा छन्। यो नै शैक्षिक क्षेत्रको ठूलो परिवर्तन हो।’  

Ncell 2
Ncell 2
nimb
nimb

महिला शिक्षक सुत्केरी हुँदा गाउँपालिकाले नै तीन महिना सट्टा शिक्षक भर्ना गर्ने व्यवस्था गरेको छ। जसले गर्दा पढाइमा बाधा हुने गरेको छैन। विद्यालयमा बालमैत्री भवन बनाइएका छन्। ‘शैक्षिक व्यवस्थापनमा गरेको प्रगतिकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको हो,’ उनले भनिन्।
 
गाउँपालिकाको लगानीमा ‘बर्थिङ्ग सेन्टर’
आधारभूत स्वास्थ्य सेवाका लागि निःशुल्क औषधि वितरणलाई पारदर्शी बनाइएको छ। संघीय सरकारले तोकेकोभन्दा बढी औषधि निःशुल्क दिने व्यवस्था गरेको उनी बताउँछिन्। गाउँपालिकाले मानसिक रोगीका लागि ११ वटा औषधि निःशुल्क दिने व्यवस्था गरेको छ। पौडेल भन्छिन्, ‘गाउँपालिकाले नै बेलाबेला चिकित्सक बोलाएर मानसिक बिरामीको जाँच गर्ने गरेको छ। अन्य बिरामीका लागि पनि विभिन्न समयमा विशेषज्ञ सेवा उपलब्ध गराउने गरिएको छ।’ 

गाउँपालिकाले आफ्नै लगानीमा बर्थिङ्ग सेन्टर स्थापना गरेको छ। बर्थिङ्ग सेन्टरमा आउन एम्बुलेन्स सेवा पनि छ। गर्भवतीका लागि ‘निःशुल्क अन्डा कार्यक्रम’ छ। गर्भवती हुँदा नियमित जाँच गर्ने र बर्थिङ्ग सेन्टरमा सुत्केरी हुनेलाई अन्डा दिइन्छ।

जेष्ठ नागरिकको लागि मधुमेह र रक्तचापको नियमित जाँच गरिन्छ। मधुमेह र उच्च वा न्यून रक्तचाप देखिए नि:शुल्क औषधि दिइन्छ। त्यस्ता रोगीलाई नजिकको स्वास्थ्य संस्था पठाउने पनि गरिएको उनले बताइन्।

पूर्वाधार विकास
गाउँपालिकाले सबै गोरेटो बाटोलाई पक्की गर्ने योजना बनाएको छ। सडकका लागि ‘ट्रयाक’ धमाधम खोलिँदैछ। 

नयाँ जनप्रतिनिधि आउँदा गाउँपालिका २०७२ सालको भूकम्पको असरबाट उठ्न सकेको थिएन। ‘गाउँपालिकाका पक्कीबाहेक कुनै पनि घर ठाडा थिएनन्। घर निर्माणका लागि पहिला हामीले प्रत्येक टोलमा सडकको ट्रयाक खोल्यौँ,’ उनी भन्छिन्, ‘अहिले भूकम्पबाट लडेका घर उठिसकेका छन्।’

जनताको मागअनुसार प्रत्येक टोलमा सामुदायिक भवन बनाइएको छ। तर, अधिकांश नागरिकले मन्दिर बनाउन माग गर्ने गरेको उनी बताउँछिन्। पौडेल भन्छिन्, ‘गाउँपालिकाको प्राथमिकतामा मन्दिर पर्दैन। जनताबाट धेरै माग आएपछि केही ठाउँमा बनाएका छौँ।’

गाउँपालिकाले आलुको बीउ भण्डारण केन्द्र बनाएको छ। प्रदेश सरकारसँगको साझेदारीमा एक करोड १३ लाख रुपैयाँ बजेटमा भण्डारण केन्द्र बनाएको उनले बताइन्।

कालिका गाउँपालिकामा पर्यटकीय क्षेत्र पनि छन्। ती क्षेत्रको विकासका लागि पनि काम गरेको उनी बताउँछिन्। प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड जाने सडक खोल्नका लागि अध्ययन भइरहेको उनले जानकारी दिइन्। त्यसैगरी विभिन्न पार्क बनाउने काम पनि भइरहेको उनको भनाइ छ।

सामाजिक सेवामा नमूना काम
शारीरिक अपाङ्गता भएका नागरिकका लागि गाउँपालिकाले सहायता केन्द्र निर्माण गरेको छ। एकल महिलाका लागी विशेष कार्यक्रम ल्याइएको छ। कृषकलाई सहुलियत अनुदान दिइएको छ। 

‘बाख्रापालक कृषकले घाँस काट्ने मेसिन माग गर्छन्। दाना माग गर्छन्,’ उनी भन्छिन्, ‘यो वर्ष मात्र ६५ वटा त्यस्ता मेसिन वितरण गरेका छौँ। यसमा किसानले ५० प्रतिशत खर्च गर्नुपर्छ, बाँकी ५० प्रतिशत गाउँपालिकाले अनुदान दिन्छ।’ त्यसैगरी कृषकलाई ५० प्रतिशत छुटमा बीउ वितरण गरिएको छ। साना किसानसँग सहकार्य गरेर दुध डेरी सञ्चालनमा आएपछि भैंसीपालकको संख्या बढेको उनले बताइन्। 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्