काठमाडौं- भारतको उत्तर प्रदेश विधान सभा चुनाव अन्तर्गत पहिलो चरणको चुनाव आज भइरहेको छ।
पहिलो चरणमा बिहीबार ११ जिल्लाको ५८ विधान सभा सीटका लागि मतदान भइरहेको छ।
मुजफ्फरनगर, मेरठ, बागपत, गाजियाबाद, शामली, हापुड, गौतमबुद्ध नगर, बुलंदशहर, अलीगढ,आगरा र मथुरामा मतदान भइरहेको हो।
भोटिङ विहान ७ बजे सुरु भएको हो र साँझ ६ बजेसम्म जारी रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
पहिलो चरणमा ६२३ जना चुनावी मैदानमा छन् र यसमा करिब २.२८ करोड मतदाताले भोट खसाल्ने छन्।
पहिलो चरण चुनावमा पश्चिमी यूपीको जुन सिटमा चुनाव भइरहेको छ त्यसलाई जाट बेल्ट भनिन्छ। यहाँ बीजेपीले १७ जना उम्मेदवार उठाएको छ भने समाजवादी पार्टी र राष्ट्रीय लोक दल (आरएलडी) ले १२ र ६ सिट जाट समूदायकाबाट उम्मेदवार बनाएर मैदानमा उत्रिएका छन्।
यो चुनावमा आरएलडीर सपा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन्। पश्चिमी उत्तर प्रदेश किसान आन्दोलनको गढ भएकालेले मतदानको यो चरणमा सबैले चासो लिइरहेका छन्। गत चुनावमा बीजेपीले यस क्षेत्रको ५८ मध्ये ५३ सीटमा जीत हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।