काठमाडौं– रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले आईपीओ जारी गर्न प्रभु क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ।
बुधबार विक्री प्रबन्धक नियुक्ती सम्बन्धि सम्झौतामा रावा इनर्जीका अध्यक्ष बद्रीप्रसाद गौतम र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
कम्पनीले खोटाङको पिलासगढी गाउँपालिकामा अवस्थित रावाखोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। तीन मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजन निर्माण गरिसकेको छ।
कम्पनीले हाल कायम जारी पूँजी २० करोड रुपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशतले हुने २ करोड रुपैयाँ बरावरको २ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो।
त्यस्तै सर्वसाधारण, कर्मचारी र सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रुपैयाँ बरावरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।