काठमाडौं– विश्वभर पछिल्लो २४ घण्टामा २४ लाख १३ हजार ४९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड ३४ लाख नाघेको छ।
सो अवधिमा २३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ११ हजार ४३० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बिस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो केही दिनयता भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या घट्दो छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख २४ हजार भन्दाबढी, रुसमा १ लाख ८३ हजार, इटलीमा ८१ हजार, ब्राजिलमा १ लाख ८३ हजार संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा ६५हजारभन्दा बढी संक्रमित थपिँदा १२ सय ४१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।