काठमाडौं- काठमाडौं उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर भने २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्। १४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।