काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमूना परीक्षण गरिएको थियो।
यस्तै, गत २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको ३० हजार २४१ रहेको छ।
मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।