काठमाडौं– झण्डै एक दशकअघि बन्द भएको आरोहण गुरुकुलको निर्माणमा बनेको नयाँ नाटक ‘पुतलीको घर’ पुनः मञ्चन हुने भएको छ।
गुरुकुलको कम्ब्याकको रुपमा माघ १ देखि ८ गतेसम्म प्रदर्शन भएको नाटक कोरोनाका कारण स्थगित हुनु परेको थियो। अब भने फेरि नाटक माघ २८ गतेदेखि फाल्गुन ७ गतेसम्म प्रदर्शन हुने भएको छ।
नाटक बानेश्वर, थापागाउँस्थित कुञ्ज थिएटरमा हरेक दिन साँझ ५ बजे मञ्चन हुने छ। नाटकका निर्देशक तथा अनुवादक सुनिल पोखरेलकाअनुसार यसअघि कोरोना संक्रमणका कारण स्थगित गरिएको नाटकलाई पुनः प्रदर्शन गर्न लागिएको हो।
नाटकमा रंगकर्मी निशा शर्मा मुख्य भूकिमामा छिन्। त्यस्तै, नाटकका निर्देशक तथा अनुवादक पोखरेलको पनि नाटकमा अभिनय छ। उनीहरु बाहेक शेखर चापागाईं, अञ्जु देउजालगायतका कलाकारको अभिनय नाटकमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।