काठमाडौं– समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। फाइनान्सले २ः१ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्कासनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो।
फाइनान्सको हकप्रद सेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन्।हाल ५४ करोड ५९ लाख ४० हजार ९ सय रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्कासनपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।