काठमाडौं– सोमबार नेपालमा थप आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ।
कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारको सहयोगमा उपलब्ध २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये सोमबार आठ लाख ६२ हजार ८० मात्रा खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले जानकारी दिए।
बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात् फागुन २ गते आइपुग्ने डा. चौरसियाले बताए।
नेपालले विभिन्न माध्यमबाट हालसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।