१. स्थानीय तह निर्वाचनको मिति तय, आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय, निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य भोलिदेखि नै रोक्ने । (स्थानीय तह निर्वाचनको मिति तय)
२. चुनाव तयारीका लागि वैशाख ३० को समय पर्याप्त रहेको निर्वाचन आयोगको प्रतिक्रिया, स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार । ( निर्वाचन आयोगको प्रतिक्रिया)
३. एमसीसीबारे नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा छलफल गर्ने, २८ गतेका लागि बैठक आह्वान, बैठकमा एमसीसीका बारे थप प्रष्ट पार्ने शीर्ष नेताबीच सहमति । (माओवादी केन्द्रद्वारा बैठक आह्वान)
४. उत्तर कोरियाले साइबर आक्रमणबाट लाखौं डलर मूल्यका क्रिप्टोकरेन्सी चोरी गरेको संयुक्त राष्ट्रसंघको भनाइ, उक्त पैसा देशको मिसाइल कार्यक्रममा प्रयोग गरेको दाबी । (संयुक्त राष्ट्रसंघको दाबी)
५. र, तेस्रोपटक फाइनल खेलेको सेनेगलले पहिलो पटक उचाल्यो अफ्रिकी कप अफ नेसन्सको उपाधि, पेनाल्टी सुटआउटमा इजिप्ट ४–२ गोल अन्तरले पराजित । (सेनेगललाई उपाधि)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।