काठमाडौं– साताको पहिलो कारोबार दिन घटेको सेयर बजार दोस्रो कारोबार दिन भने बढेको छ। दोस्रो कारोबार दिन सोमबार सेयर बजार १५.६९ अंकले बढेर २८५१.६८ विन्दुमा पुगेको छ। अघिल्लो दिन ४० अंकले घटेको बजार आज भने बढेको हो।
आज समग्र नेप्से ०.५५ प्रतिशतले बढेको हो। यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेको छ। कूल २२२ वटा कम्पनीको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १ सय ८० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज माइक्रोफाइनान्स, होटेल एण्ड टुरिजम र बैंकिङ उपसमूह घटेका छन् भने बाँकी १० उपसमूहको सेयर बढेको छ।
सबैभन्दा धेरै लगानी समूह बढेको छ। सोमबार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।