काठमाडौं– नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।
मौद्रिक व्यवस्थापन विभागले आज सूचना प्रकाशित गरी २ वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘च’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागेको जानकारी दिएको छ।
उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले माघ २५ गते गते दिनको ३ बजेसम्म बोलकबोल पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।
उक्त ऋणपत्र माघ २६ गते निष्काशन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।