काठमाडौं– नेपाली बजारमा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ। आज छापावल सुना ९२ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० कायम भएको छ।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले रूपैयाँले बढेर एक हजार २५५ कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।