काठमाडौं- युक्रेनका राष्ट्रपतिले कूटनीतिमार्फत रुससँगको बढ्दो तनावलाई समाधान गर्ने सम्भावना रहेको बताएका छन्। झडपभन्दा कूटनीतिक समाधान आफ्नो रोजाइ रहेको उनले बताए।
अमेरिकाले मस्कोले आक्रमणको तयारी बढाइरहेको चेतावनी दिएको केही समय पछि आएको उनको प्रतिक्रियाले रूसी अधिकारी र युक्रेनी अधिकारीहरूबीच कूटनीतिक समाधानका लागि भएका पहल सकारात्मक भएको बुझिएको छ।
राष्ट्रपतिका सल्लाहकार माइकिलो पोडोल्यकले आइतबार सञ्चारकर्मीसँग भने, 'पछिल्लो स्थितिको मूल्याङ्कनले तनाव चर्किनेभन्दा कूटनीतिक समाधान खोज्ने सम्भावना अझै पनि प्रवल रहेको र द्वन्द्वको थप वृद्धिको खतरालाई टार्न सकिने सङ्केत गर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।