१. बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल, एमसीसी अघि बढाउन प्रधानमन्त्री देउवाको आग्रह, एमसीसीलाई चुनावपछि लैजानुपर्ने प्रचण्डको धारणा, पहिले सत्ता गठबन्धनलाई प्रस्ट हुन एमालेको सुझाव। (एमसीसी अघि बढाउन देउवाको प्रस्ताव)
२. प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमसीसीको पत्र, फागुन १६ भित्र सम्झौता अनुमोदन गर्न ध्यानाकर्षण, अनुमोदन नभए सम्झौताबारे अर्को कदम चाल्ने उल्लेख। (एमसीसीको पत्र)
३. वैदेशिक रोजगारपीडितको गुनासोलाई समयमै सम्बोधन गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशन, अलपत्र परेका नेपाली कामदारको 'व्यवस्थापन गर्न’ यूएई भ्रमणमा जाने। (श्रममन्त्री श्रेष्ठको निर्देशन)
४. इङ्ल्याण्डलाई हराउँदै भारतले जित्यो यू-१९ विश्वकपको उपाधि, यश धुलको नेतृत्वमा भारत पाँचौपटक च्याम्पियन, विश्वकप विजेता खेलाडीलाई जनही ४० लाख भारु प्रदान गरिने। (भारतलाई पाँचौपटक उपाधि)
५. र, रुसले युक्रेनमाथि आक्रमण गरे '५० हजार सर्वसाधारणको मृत्यु हुनसक्ने’ अमेरिकाको चेतावनी, आक्रमण गर्नका लागि आवश्यक पर्ने झन्डै ७० प्रतिशत सैन्य शक्ति रुसले जम्मा गरिसकेको दाबी। (अमेरिकी चेतावनी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।