• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारको ‘मूड’ले आवधिक निर्वाचन निर्धारण नगरोस्

विनोद देउवा सोमबार, माघ २४, २०७८  १०:०१
1140x725

अहिले स्थानीय तह निर्वाचनलाई लिएर बहस चलिरहेको छ। यो बहसलाई धेरै कोणबाट हेर्न सकिन्छ। संविधानको धारा २२५ मा गाउँ/नगर सभाको कार्यकाल सकिएको छ महिनाभित्र अर्को निर्वाचन भइसक्नुपर्ने व्यवस्थासँग स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा १ बाधक भएको निष्कर्ष निकालेर सत्ता गठबन्धनका दलहरुले २०७९ वैशाखमा हुनुपर्ने स्थानीय निर्वाचनलाई कम्तीमा पनि छ महिना पछाडि धकेल्न खोजेका थिए। तर, त्यसको तीब्र विरोध भएपछि गठबन्धनका दलहरु हच्किए। सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते स्थानीय निर्वाचन गर्ने समझदारी भएको छ।

सबैभन्दा पहिले त संविधानले नै स रकारलाई निर्वाचन मिति तोक्ने अख्तियारी दिएको छ। सँगै स्थानीय तह निर्वाचन ऐनको दफा ४ मा सरकारले निर्वाचनको मिति घोषणा गर्नुअघि निर्वाचन आयोगसँग परामर्श गर्नुपर्ने व्यवस्था पनि छ। त्यहीअनुरुप आयोगले सरकारसित परामर्श मात्रै गर्ने हो। सरकारको निर्णयअनुसार निर्वाचन गराउनुको आयोगसामू विकल्प छैन।

दोस्रो, सरकारले पनि निश्चित स्वार्थ बोकेको हुन्छ। उसले आफ्नो अख्तियारी सोहीअनुसार प्रयोग गर्छ। भन्नुको मतलब सरकारले नैतिकता देखाएर वा नैतिक रुपमा बाध्य भएर वा लोकतन्त्रको मर्म बुझेर समयमै निर्वाचन गर्ने निर्णय गर्‍यो भन्न मिल्दैन। अझ अहिले त सत्ता गठबन्धनभित्र समझदारी भएर निर्वाचनको मिति तोक्ने तय भएको हो। यो पटक ठूलो जनदबाबपछि समयमै निर्वाचन गर्ने निर्णय त भयो तर, यसरी सरकारको मूडअनुसार निर्वाचन हुनुले हाम्रो लोकतनत्रको भविष्य कमजोर बनाँउछ। भोलि कसको सरकार हुन्छ र त्यो सरकारको स्वार्थ वा मूड के हुन्छ हामीलाई थाहा छैन। भविष्यमा आउने सरकारले लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्छन् या गर्दैनन् भन्ने पनि निश्चित छैन। झन् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त जनतामा जाने भनेर अलोकतान्त्रिक नजिर बसाएर गएका छन्।

विनोद देउवा

त्यसैले सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको भविष्यमा पनि यस्तो अवस्था आउन सक्ने हुँदा निर्वाचन आयोगलाई नै निर्वाचनको मिति तोक्ने अख्तियारी दिइनुपर्छ। हो, निर्वाचन आयोगका अहिलेसम्मका व्यवहार राम्रा छैनन्, पूर्वाग्रहपूर्ण देखिएका छन्। आयोगले ठूला र साना दललाई गर्ने व्यबहारमा प्रस्ट भिन्नता छ। र, निर्वाचन आयोग स्वयंले पनि स्वस्थ र निष्पक्ष तवरले कामकारबाही गर्न जरुरी छ। तर, लोकतन्त्रको राम्रो अभ्यास भइरहेका देशमा जस्तै हामीले पनि निर्वाचनसम्बन्धी आवश्यक सबै अधिकार निर्वाचन आयोगलाई दिएर जाँदा यस्ता समस्याबाट पार पाउन सकिन्छ। वास्तवमा लोकतन्त्र भनेकै यसका संस्थाहरुले आवश्यक शक्ति र अख्तियारी पाउनु पनि हो। तबमात्रै संस्थाहरुबीच सन्तुलन पनि कायम हुनसक्छ। शक्ति सन्तुलन भए मात्र हाम्रो लोकतन्त्र पुष्पित र पल्लवित हुन जान्छ।

अर्को उपाय भनेको संयुक्त राज्य अमेरिकालगायत देशहरुमा जस्तै हामीले पनि संविधानमै आवधिक निर्वाचनको मिति तोकिदिँदा झन् हाम्रो लोकतान्त्रिक परिपाटी सबलीकरणको बाटोमा जाने थियो। मिति नै तोकिदिँदा भविष्यका कुनै पनि सरकारले बहाना बनाउने मौका पाउने थिएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचन लोकतन्त्रको आधारशिला हो। स्वच्छ र स्वस्थ निर्वचन समयमै हुन नसक्दा लोकतन्त्र कमजोर र दिशाविहीन बन्न सक्छ। आउँदो वैशाखमा हुनुपर्ने स्थानीय निर्वाचनलाई कानुन संशोधन गरेर छ महिना पछाडि धकेलेको भए स्थानीय तह कामचलाउ हुन जान्थ्यो। यता हाम्रो स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा जननिर्वाचित पदाधिकारीबाहेक अन्य कुनै तवरले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनको वैकल्पिक व्यवस्था तथा जननिर्वाचित पदाधिकारी रिक्त हुने प्रावधान संविधानले कल्पना गरेको छैन। संविधानको धारा २१५ (६), २१६ (६) र २२५ मा नै स्थानीय तहका जनप्रतिनिधिको पदवाधि पाँच वर्षको हुने भन्ने स्पष्ट व्यवस्था छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा १ बाधक भएको निष्कर्ष निकालेर संविधानको एउटा धारालाई हेरेर मात्रै आफ्नो स्वार्थ अनुकुल निर्णय गर्न खोजिँदै थियो। यदि निर्वाचन जस्तो संविधान र लोकतन्त्रको आधारभूत विषयलाई संवैधानिक लोकतन्त्रको आधारभूत विषय नबनाइ कानुनी शासनको दायरामा नल्याउँदा ठूलो संवैधानिक र कानुनी संकट निम्तिने सम्भावना थियो।

२०७२ असोज ३ मा जारी नेपालको संविधान प्रारम्भ भएसँगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बनेको हो। संघीयतालाई संस्थागत गर्ने अभ्यासको थालनीको लागि पनि (संघीय) सरकारले अब संविधानका विभिन्न भाग र धाराहरुमा व्यवस्था गरिएको संघीय संरचनाअनुसार विनाकुनै सर्त तोकिएकै मितीमा निर्वाचन सम्पन्न गर्न आवश्यक छ। सत्ता गठबन्धनले कानुन संशोधन गरेर निर्वाचन पर धकेलेको भए स्थानीय तहले कामचलाउ भइ अहिले प्रयोग गरिरहेका कार्यकारिणी अधिकार, व्यवस्थापकीय अधिकार र न्यायिक अधिकारसमेत नराम्ररी प्रभावित हुने थिए।

कानुनी दृष्टिले हेर्ने हो भने संविधानमा पक्कै पनि छिद्रहरु छन् जुन समय समयमा देखापरिरहेका छन्। तर, ती छिद्रहरु टाल्न छाडेर यसलाई निहीत स्वार्थका लागि प्रयोग गर्नु हुँदैन। त्यसैगरी राजनीतिक रुपले दृष्टिगोचर गर्ने हो भने संविधानसित ऐन बाझिएको होइन, तत्कालीन गठबन्धनको नियत र स्वार्थ बाझिएको थियो। किनभने, संविधानमा तथा स्थानीय तह निर्वाचनसम्बन्धी ऐनमा जति पनि व्यवस्था छन्, तिनको परिकल्पना ठूलो विपद् तथा संकटपूर्ण अवस्थाको अपवादबाहेक आवधिक निर्वाचन गर्ने हेतुले गरिएको हो। सरकारलाई चुनावको मिति तोक्ने अख्तियारी मिलेको छ र उसले आफुअनुसार मिति तोक्न पाएको छ। तर, नैतिकरुपमा पनि सरकार समयमै मिति तोक्न बाध्य थियो। र, संवैधानिक व्यवस्थालाई स्वार्थगत राजनीतिक खेलको बन्दी बनाएर संवैधानिक सर्वोच्चतामाथि ठेस लाग्ने काम यो सरकारले अहिलेलाई भने रोकेको छ।

एउटा तीतो सत्य के हो भने अहिलेसम्म नेपालले आवधिक निर्वाचनको अभ्यास गर्न पाएको छैन। त्यसकारण पनि नेपाली कांग्रेस नेतृत्वको सरकारका लागि यो सुनौलो अवसर हो। नेपालले प्राप्त गरेका कयौं लोकतान्त्रिक उपलब्धिहरु संस्थागत गर्न बाँकी छ। र, भएका संस्थाहरुलाई थप सशक्त र चलायमान बनाउन थुप्रै गृहकार्य गर्नु पर्नेछ। तर, आफूलाई लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसका लागि यतिखेर आवधिक निर्वाचन मात्र सम्पन्न गराउनसक्नु पनि ठूलो कुरा भएको छ। निर्वाचनको विवाद मुख्यतः गठबन्धनबाट आइरहेको थियो। अब सरकार समयमै यो गठबन्धन तोडेर चुनावमा जाओस् भन्ने कांग्रेसीहरुको आशा छ।

सबैलाई यसरी इतिहास रच्ने अवसर मिल्दैन। नेपाली राजनीतिमा अब हुने आवधिक निर्वाचन लोकतान्त्रिक पद्दतिलाई थप मजबुत बनाउन गरिने अभ्यासको महत्त्वूर्ण कोशेढुंगा बन्नेछ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्