• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एमसीसी पार्टीका नेताहरू बसेर टुंगिने विषय होइन, संसद्‌मै लैजानुपर्छ : कानुनमन्त्री बडू [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, माघ २३, २०७८  १७:३७
1140x725

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतालाई आगामी प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। त्यसका लागि राजनीतिक बाटो प्रधानमन्त्री शेरबहादुर देउवाले बनाइरहेका छन् भने कानुनी प्रक्रियाको चाँजोपाँजो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले मिलाइरहेका छन्।

आइतबार मात्रै उनले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर सो सम्झौतालाई छलफलका लागि संसद्‌मा पेश गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्। मन्त्री बडूसँग एमसीसीलाई केन्द्रमा राखेर नेपाल लाइभले गरेको संवाद :

सदन सञ्चालन तथा एमसीसी सदनमा पेश गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई आज भेट्नुभएको थियो। उक्त बैठकमा के कुरा भयो?
सदन सञ्चालनका लागि सबैको सहमति बनोस् भन्ने हो। एएसीसी सदनमा पेश नै नभइ बाहिर अनेकथरी कुरा भइरहेका छन्। संसद्‌मा कुरा नभएर बाहिर पक्ष–विपक्षमा कुरा हुनुको अर्थ त केही छैन नि। उठेका विषयको आाधिकारिक जवाफ राज्यले दिनुपर्ने हुन्छ। जवाफ दिने आधिकारिक संस्था भनेकै संसद् हो। संसद् जनताको प्रतिनिधि संस्था हो। सार्वभौम संस्था हो। संसद्‌ले दिने जवाफ नै अन्तिम हुन्छ।

अहिले त आ-आफ्नो ढंगले धारणा राखिरहेका छन्। ठीक हो कि होइन? ठीक हो भने किन हो? वा, ठीक होइन भने किन होइन? यो कुरा 'सोसल मिडिया'मा अन्तर्वार्ता दिएर टुंगिने विषय होइन। छलफलका लागि सार्वभौमसत्ता संस्थामा पुर्‍याउनुपर्दछ। त्यहाँको छलफल नै आधिकारिक हुन्छ। जनताको आवाज नै संसद्मार्फत आउँछ। जनताले उठाएका विषयको निष्कर्ष निस्कने ठाउँ संसद् नै हो।

सबैतिर सहमति खोजेर टुंगाउनुपर्छ भन्ने कुराहरु भइरहेका छन्। तर, टुंगिसकेको छैन। यस्ता विषयमा सत्ता र प्रतिपक्ष सबै दलहरुका लागि साझा विषय हो। साझा विषयमा छलफल गर्दा सबै सहभागी हुनुपर्दछ। अहिलेको अवस्था हेर्दा प्रतिपक्ष दल एमाले संसद् चल्न दिने मुडमा छैन। एमसीसी त छँदैछ। नागरिकताको विषय छ। नागरिकता नभएर बस्नु परेकाहरुको समस्या छ। नागरिकता नभएकै कारण पढ्न नपाउने अवस्था छ। कसैको छोरा/छोरी छुट्टिएर मात्रै पढ्न पाइने रहेछ। व्यवसाय गर्न पनि नागरिकता चाहियो। बैंकमा खाता खोल्न नागरिकतै चाहियो। यी विषयहरु धेरै जटिल भइरहेका छन्।

संघीय निजामती ऐन संसद्‌मा छलफल हुन सकेको छैन। त्यसमा कति धेरै समय लगाएर समितिमा छलफल गरियो, त्यही अघि नबढ्ने भयो। निजामती ऐन संसद्‌बाट पारित हुन नसक्दा संघीयता अनुसारको निजामती कर्मचारी ऐन बन्न सकेन। कर्मचारी पठाउन नै समस्या परेको छ। संघमा ऐन नहुँदा प्रदेश सरकारले पनि कर्मचारी ऐन बनाउन सकेका छैनन्। 

संसद्‌बाट ऐनहरु पारित गराउनका लागि एमाले सहयोगी बनिरहेको छैन। संसद् चलाउनका लागि एमालेलाई हाम्रो आग्रह छ। नेताहरुका बीचमा पनि यस विषयमा कुराहरु भइरहेको होला। 

संसद्‌मा छलफल गर्नुपर्ने अन्य सबै विषयलाई ओझेल पारेर एमसीसी नै प्रमुख भएर आयो नि अहिले त?
यो त एउटा महत्त्वपूर्ण विषय त हो नै। छलफल गर्नका लागि संसद्‌ चल्नु नै पर्‍यो। अन्य ऐन टुंग्याउन नसक्दा कानुनी समस्या आइरहेको छ। यस्तो अवरोध कहिलेसम्म हुन्छ त? सधैं भइरहने त होइन होला। सधैं संसद् अवरोध गरिरहने हो भने त जिद्दी मात्रै भयो। संसद् र संविधानप्रतिको जवाफदेहिता पनि भएन। जिम्मेवार दल भनेर नै हाम्रो आग्रह हो। उहाँहरुले जिम्मेवारीबोध गर्नुहोला।

Ncell 2
Ncell 2
nimb
nimb

जनताका समस्या उठाउनका लागि एमालेले संसद् चल्न दिएर सदनको भरपुर उपयोग गर्नुपर्‍यो नि। जुलुस निकालेर मात्रै त हुँदैन नि। छलफल गर्न त संसद् खोल्नुपर्‍यो नि। जनताका दैनन्दिनका समस्या कसले बोल्ने? प्रमुख प्रतिपक्ष दलले संसद्‌ बन्द गरिदिने। संसद्‌ नचलेपछि जनताको समस्या कहाँ बोल्ने? एमालेका कारणले जनताका समस्या राख्न अरुले पनि पाउने अवस्था छैन। सांसदको दायित्व जनताको समस्या उठाउने हो। संसद्‌मा अवरोध मात्रै सिर्जना गर्ने दायित्व त होइन होला नि। जिम्मेवारीबोध गर्नुहोला भन्ने हाम्रो अपेक्षा छ। त्यसकारण, २६ माघमा संसद्‌ ठीक तरिकाले चल्छ कि भन्ने लाग्छ।

नेपाली कांग्रेस र सरकार एमसीसी संसद्‌मा टेबल गरेरै छाड्ने तयारीमा जुटेको हो?
एमसीसी पार्टीहरु बसेर छलफल गरेर टुंगिने विषय होइन। यो संसद्‌मै जाने विषय हो। त्यसैले छलफललाई संसद्‌मै पुर्‍याउनुपर्छ। व्यापक छलफल गरेपछि निष्कर्षमा पुगौं। त्यो निष्कर्ष संसद्को निष्कर्ष हुन्छ। दुई नेता बसेर पनि टुंगिने विषय पनि होइन।

संसद्‌मा प्रवेश गरिसकेपछि पार्टीहरुका आन्तरिक कुरा पनि त्यही सकिन्छन्। त्यहाँ नतिजा जे आउँछ, सबैले मान्नुपर्छ। त्यहाँ पुर्‍याउनका निमित्त पहल मात्रै हामीले गर्‍यौं भने त्यो छलफलमा पुग्छ। त्यो छलफलमा जिम्मेवार प्रतिपक्षले भाग लिन्छ। यसलाई छलफलका लागि संसद्‌मा पुर्‍याउने कुरा भइरहेको छ।

कांग्रेस तयार नै छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि पास गर्ने बचन दिएको पत्र सार्वजनिक भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेकै समयमा एमसीसीको पक्षमा उभिने बताइसकेका छन्। संसद्‌मा टेबल गर्न रोक्यो कसले?
एमसीसी जस्ता विषयमा नेताहरुले आफ्नो सुविधाअनुसार बोल्ने छुट हुँदैन। बोलेर अनिर्णयको अवस्थामा पुर्‍याउनुहुँदैन। यसलाई छलफल गर्ने निकायमा पुर्‍याउनुपर्छ। त्यसैले छलफलमा लैजाऔँ। प्रवेश गराऔँ। त्यसपछि आ-आफ्ना कुरा त्यहीँ राख्लान् सबैले।

Xtrem

Xtrem

बहाना बनाएर प्रतिपक्षी दल नेकपा एमाले पनि भाग्न पाउँदैन। उसले त यो संसद्‌मा नपुग्नुको दोष दुई-दुईजना सभामुखलाई लगाइरहेको छ। पहिले पास गर्ने लाइनमा रहेको बताउँदै आएको थियो। अहिले के भनिरहेको छ- पहिले गठबन्धनले ल्याओस्, त्यसपछि मात्रै बोल्छु। त्यो जिम्मेवारपूर्ण अभिव्यक्ति होइन। संसद्‌मा पुगेपछि प्रतिपक्ष दल पनि बोल्नैपर्ने हुन्छ। त्यसकारण यो संसद्‌मा प्रवेश गर्नुपर्छ। त्यहाँ सबैले के बोल्छन् र कसरी निर्णय लिन्‍छन्, हेर्नुपर्ने ठाउँ त्यो हो। त्यहाँ पुग्नुपर्छ। यो विषय अनिर्णयमा राख्नुहुँदैन। संसद्‌मा पुर्‍याएर राज्य बोल्नुपर्छ। जनतालाई अन्योलमा राख्नुहुँदैन। जनताका प्रतिनिधि सांसदले यसमा आफ्नो विचार र मत राख्ने अधिकार दिइनुपर्छ। 

सभामुखसँगको आजको भेटमा तपाईंले संसद्‌मा एमसीसी टेबल गर्न सरकार अघि बढिसक्यो, तपाईं त्यहीअनुसार तयार भएर बस्नुहोस् भन्ने संकेत गरेर आउनुभयो?
एमसीसीका विषयमा यसरी जानुपर्छ होला भनेर आफ्ना भनाइ राख्यौं। कार्यव्यवस्था परामर्श समितिको बैठक कहिले राख्ने भन्ने विषयमा छलफल गर्‍यौं। कार्यव्यवस्थाले कार्यसूची बनाउँछ नि त।

कथंकदाचित यसपल्ट संसद्‌मा टेबल हुन सकेन। निर्णयमा पुगेन भने सरकारले फेरि अर्को समयसीमाका लागि अमेरिकालाई अनुरोध गर्छ?
सरकारले यस विषयमा छलफल गरेको छैन। सरकारको प्रयास यसलाई संसद्‌मा यथाशक्य चाँडो पुर्‍याउने रहनेछ। संसद्‌को जे निर्णय हुन्छ। त्यो सबैका लागि उपयुक्त हुन्छ। यसलाई अनिर्णयमा राखेर कसैलाई राम्रो हुँदैन। यसलाई निष्कर्षमा पुर्‍याउने औपचारिक र सार्वभौम थलो भनेकै संसद्‌ हो। त्यहाँ पुर्‍याउनुपर्छ।

एमसीसीकै कारणले गठबन्धन टुटफुट हुने सम्भावना कति देखिन्छ?
हामीलाई चाहिँ त्यस्तो लाग्दैन। किनभने यो निश्चित लक्ष्य र उद्देश्यका लागि बनेको छ। त्यो पूरा हुन्जेल कायम रहन्छ। 

अदालतको समस्याका विषयमा केही छलफल भइरहेको छ?
त्यसको पनि समाधान खोज्नुपर्छ। हामी चाहन्छौं समस्याको समाधान होस्। समाधान छिटो होस्, यही अपेक्षा हो। आग्रह गरिरहेकै छौं।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्