फाइल तस्बिर
काठमाडौं– पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको समाचारहरुमा उल्लेख छ।
टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। दैनिक चार हजार मानिस इरान जाने गरेको एक निजी यातायात उद्योगका प्रमुखले बताएका छन् ।
हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू नै छन्। ती मध्ये केही पाकिस्तान पनि जाने गरेको बताए।
इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्न प्रयास भइरहेको बताएको छ।
इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि युरोप जान खोजिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।