काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.७३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत नगद लाभांश रहेको छ।
कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।