काठमाडौं- पूर्वी लद्दाखमा पैंगोंग खोचमा चीनले पुल बनाइरहेको छ। भारत र चीनको विवादित क्षेत्रमा चीनले पुल बनाइरहेको हो। भारतीय पक्षले भने आफूहरुको भूमिमा चीनले अवैध रुपमा पुल बनाउन थालेको आरोप लगाएको छ।
भारतीय सरकारका विदेश राज्यम मन्त्रीले शुक्रबार संसदमा यसबारे बताएका हुन्।
विदेश राज्य मन्त्री वी मुरलीधरनले संसदमा लिखित जवाफ दिँदै भने, ‘चीनको तर्फबाट पैंगोंग खोचमा पुल बनाइरहिएको छ। यो पुल त्यस क्षेत्रमा बनाइँदै छ जहाँ १९६२ बाट चीनको अवैध कब्जामा छ।'
भारत सरकारले भूमि चीनले लिएको विषयलाई स्वीकार गरेको छैन। पूर्वी लद्दाखमा एलएसीमा शान्ति कायम राख्नका लागि भारत चीनका साथ कूटनीति र सैन्य स्तरमा कुराकानी जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।