काठमाडौं- प्युठानमा बेहुली लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए।
दुर्घटनामा ७ जना गम्भीर घाइते थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको हो भने अन्य पाँच जनाको उपचार भइरहेको छ।
घाइतेमध्ये बेहुलीसहित तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीका अनुसार बेहुलीको एउटा हात चुँडिएको छ भने बेहुलाको अवस्था गम्भीर छ।
बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। दुर्घटना शनिबार विहान ३ बजेतिर भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।