काठमाडौं- प्युठानमा बेहुली लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए।
दुर्घटनामा ७ जना गम्भीर घाइते थिए। त्यसमध्ये दुई जनाको मृत्यु भएको हो भने अन्य पाँच जनाको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।
दुर्घटना शनिबार विहान ३ बजेतिर भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।