काठमाडौं- भारतस्थित कर्नाटकको एक सरकारी क्याम्पसले हिजाब लाउने छात्रालाई कक्षा कोठामा प्रवेश निषेध गरेको छ। उडुपीस्थित सरकारी पीयू क्याम्पसले हिजाब लगाएका छात्रालाई प्रवेश निषेध गरेको हो।
समाचार एजेन्सी एएनआईका अनुसार कर्नाटकको उडुपीको कुन्दपुर क्षेत्रमा अवस्थित यस क्याम्पसका छात्राहरूले हिजाब आफ्नो जीवनको हिस्सा भएको बताएका छन्।
एएनआईसँग एक छात्राहरूले भनिन्,‘हिजाब हाम्रो जीवनको एउटा हिस्सा हो। हाम्रा सिनियरहरूले पनि हिजाब लगाएर एउटै कलेजमा पढेका थिए। अहिलेसम्म कुनै समस्या थिएन। अहिले अचानक यो नयाँ नियम कसरी आयोरु हामीले हिजाब लगाउने हो भने समस्या के छरु’
यता, कर्नाटकका शिक्षामन्त्री बीसी नागेशले यस विषयमा छात्राहरूले पहिले हिजाब नलगाउने जिर्णय गरेको बताए।
‘पहिला हिजाब नलाउने भनेर उनीहरुले नै भनेका थिए। अहिले उनीहरु नै हिजाब लगाएर क्लासमा जना दिइएन भन्छन्। यो समस्या २० दिनअघिबाट मात्र सुरु भएको हो,’ उनले भने।
यस विषयमा धेरै विद्यार्थी र विद्यार्थी नेताहरुले विरोध गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।