काठमाडौं- सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा बस र ट्रक ठोकिँदा १६ जना घाइते भएका छन्। शुक्रबार साँझ विपरीत दिशामा रहेका दुई सवारी आपसमा ठोकिँदा उनीहरु घाइते भएका हुन्।
घटनास्थलमा पुगेको प्रहरीले उद्धार कार्य जारी राखेको जनाएको छ। आगलागी हुँदा बसमा बढी क्षति पुगेको सुनसरी प्रहरीका प्रवक्ता नरेन्द्रकुमार कार्कीले बताए। दुई सवारी ठोकिँदा आगजनी हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
यता, सुनसरी प्रहरी प्रमुख सञ्जय सिंह थापाका अनुसार सो घटनामा १६ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको उनले बताए।
क्षतिको प्रारम्भिक अनुमान मात्रै भएकाले पूर्ण विवरण भने संकलनका क्रममा रहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।