काठमाडौं- टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनाले कुनै पनि युरोपेली नेता युक्रेन संकट समाधान गर्न योग्य नभएको बताएका छन्।
युक्रेन भ्रमणमा रहेका एर्दोआनाले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटेर टर्कीले रुस र युक्रेनबीचको तनाव कम गर्न काम गर्न सक्ने बताए।
एर्दोआनाले रुस र युक्रेनबीच जारी संकट समाधानमा पश्चिमी देशहरूले सहयोग नगरेको आरोप लगाएका छन्। उनले अमेरिकी राष्ट्रपति जो वाइडेनको पनि आलोचना गर्दै यस विषयमा आफूले सकारात्मक अडान नलिएको बताए।
राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि जारी गरिएको विज्ञप्तिमा टर्कीका राष्ट्रपति एर्दोआनाले युक्रेनी नेताहरूले वार्ताको प्रवर्द्धन गर्ने प्रयासलाई समर्थन गर्ने बताएका छन्।
उनले शान्तिपूर्ण र कूटनीतिक पहलबाट मात्रै यो संकटको समाधान हुने विश्वास व्यक्त गरे। उनले टर्कीले युक्रेनको अखण्डता र अन्तर्राष्ट्रिय कानून अनुसार समाधान होस् भन्ने चाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।