काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला भएको पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल अनुसार आज (शुक्रबार) साँझ ६ बजेसम्म करिब ६ लाख आवेदकहरुबाट ८३ करोड १२ लाख रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता सेयरका लागि आवेदन परेको छ।
यो माग गरिएको आवेदन भन्दा १५ गुणा बढी हो। संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो।लघुवित्तले निश्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारी र सर्वसाधारणलाई छुट्याइएको छ।
उक्त सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा २५ माघसम्म आवेदन दिन पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।