• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ११, २०८२ Tue, Oct 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नालीमा फँसेर गैँडाको मृत्यु हुनुमा को जिम्मेवार? के भन्छन् उपभोक्ता अधिकारकर्मी?

64x64
धनु विश्वकर्मा शुक्रबार, माघ २१, २०७८  ०७:०६
1140x725

काठमाडौं– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली नजिक निमार्णाधीन सडकको धराप जस्तो नालीमा परेर माघ ९ गते दिउँसो एक गैँडाको मृत्यु भयो। घटनाको चौतर्फी विरोध भएपछि ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरियो। चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको थियो। 

घटनाका विषयमा छानबिन गर्न माघ ११ गते वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

Ncell 2
Ncell 2

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

के भन्छन्– उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ?
ठेकेदारले लापरबाही गरेर धराप जस्तो संरचना बनाएकाले गैंडाको मृत्यु भएको भन्दै संरक्षणकर्मी र उपभोक्ता अधिकारकर्मीहरुले ठेकेदारलाई कारबाहीको माग गर्दै आएका छन्। उनीहरुले निर्माणमा भइरहेको यस्तो अराजकता अन्त्य गर्न पनि माग गरेका छन्।

\उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ सडकमा खाल्डो बनाएर समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने बताउँछन्। उनले ठेकेदार कम्पनी र सडक विभागको विज्ञप्ति टालटुले रहेको बताए। योजनाबद्ध  रुपले नै गैँडा मारिएको उनको टिप्पणी छ। बानियाँले भने, 'ठेकेदार कम्पनीलाई उन्मुक्ति दिन, मुद्दा नलगाउन केही मन्त्री, सांसद, सरकारी अधिकारीहरुले भएभरको अनुचित शक्ति र दबाब प्रयोग गरेको देखिन्छ। दुर्भाग्य, नेपालमा कानुन कमजोरलाई मात्रै लाग्ने बलियो र पहुँच भएकोेलाई नलाग्ने भयो।'

बानियाँको प्रतिक्रिया उनकै शब्दमा :
राष्टिय निकुञ्ज भनेका सार्वजनिक गुठी जस्तै हुन्। यो राज्यले राखेको गुठी हो। व्यक्तिले गुठी राखेजस्तै पशुपंछीको निकुञ्ज हुन्छ। चितवन पहिलेदेखि नै जंगली जनावरको क्षेत्र हो। मान्छेको अतिक्रमण बढ्दै गयो। जसका कारण पशुपंक्षीलाई वासस्थानको समस्या बढ्दै गएको छ। 
चितवनमा जुन घटना भयो, यस्तो खालको आक्रमण बढ्दो छ। त्यसमा संलग्नलाई कारबाही हुनुपर्ने हो। तर, भएको छैन। जसले खाल्डो खन्यो, उसलाई कारबाही गनुपर्ने हो। तर, उल्टै निर्माण व्यवसायी र सडक विभागका महानिर्देशकबाट घटनाको बचाउमा विज्ञप्ति आयो। उनीहरुले यसलाई प्राकृतिक घटना भनेका छन्। 
गैँडा मर्नु/मार्नु अपराध होइन, मारिएमा पनि कानुन चलाउन पाइँदैन भनेर ठेकेदार कम्पनीको विज्ञप्ति आयो। सडक विभागका पूर्वमहानिर्देशक (हाल भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव_को यही आसयको धारणा पढ्न पाइयो।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र कुनै निर्माण कार्य गर्दा कसरी गर्ने? के के तयारी गर्ने? भन्ने कुरा निकुञ्जका ऐन, नियम र सर्वोच्च अदालतको फैसलामा स्पष्ट कानुनी व्यवस्था र व्याख्या भएको छ। मन्त्रालयका सहसचिव अर्जुनजंग थापाको पोस्ट हेर्दा  र समाचार पढ्दा अब कुनै पनि निर्माण व्यवसायीले बाटो, पुल, भवन आदि  बनाउने ठेक्का पायो भने अरु कानुन र फैसला पालना गर्नुपर्दैन जस्तो अर्थ लाग्छ। उसले जे गरे पनि उन्मुक्ति पाउनुपर्छ भन्ने आशय देखियो। यो उहाँले बढी बुझेर कि ठेक्कावालाको एजेन्ट भएर गर्नुभएको होला? कानुनको संरक्षक हुनुपर्ने, कानुन पालनामा सहयोग गर्नुपर्ने सहसचिव नै कानुन पालनामा दुरुत्साहन गर्नु र एजेन्ट भएको जस्तो देखिनु  दुर्भाग्य हो।
ठेकेदार कम्पनीलाई उन्मुक्ति दिन, मुद्दा नलगाउन केही मन्त्री, सांसद, सरकारी अधिकारीहरुले भएभरको अनुचित शक्ति र दबाब प्रयोग गरेको देखिन्छ।  दुर्भाग्य, नेपालमा कानुन कमजोरलाई मात्रै लाग्ने बलियो र पहुँच भएकोेलाई नलाग्ने भयो। 
निकुञ्ज तथा सिमसार क्षेत्रमा वन्यजन्तुको पासो पार्नेगरि खाल्डो खन्ने अनि संकटापन्न जनावर गैँडा मरेपछि गैँडा त मरेको हो नि? भन्दै मुद्दा नलगाउन दबाब दिनु कानुन विपरीत हो।  
सर्वोच्चले नै निकुञ्ज क्षेत्रमा, रामसार क्षेत्र र संरक्षित क्षेत्रमा ईआईए नगरिकन कुनै पनि निमार्णका काम गर्न मिल्दैन भनेको छ। अझ निकुञ्जको मञ्जुरी लिनुपर्छ। युनेस्कोको पनि मञ्जुरी लिनुपर्छ। तर, यस्तो खालको कुनै पनि विधि अपनाएको छैन। डीपीआर नगरिकन ठेक्का दिइएको छ। प्रकिया नै नपुर्‍याइकन सडक खनिएको छ। यसको मतियार सबै छन्।  
गैँडा प्रकरणमा निर्माण व्यवसायी जिम्मेवार हुन्। तर, उल्टै निर्माण व्यवसायी र ठेकेदार नै अदालतको विचाराधीन मुद्दालाई प्रभाव पार्न विज्ञप्ति जारी गर्छन्। त्यसैले यो योजनाबद्ध ढंगले गैँडाको हत्या गरिएको हो। यसका मतियार सबैलाई कानुनी कारबाही हुनुपर्छ।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
सेयर बजार हरियाली हुँदा कारोबार रकम बढ्यो मंगलबार, कात्तिक ११, २०८२
जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान मंगलबार, कात्तिक ११, २०८२
आगामी पुसमा बाघ गणना गरिने मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय,नेपालमा कस्तो असर पर्छ ? मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्