• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मरिससविरुद्धको गोल : वियोग र चोटबाट विमलको ‘कमब्याक’

64x64
दीप सुवेदी मंगलबार, माघ १८, २०७८  ०७:०५
1140x725

काठमाडौं- नेपालले सन् २०१३ मा आठौँ साफ च्याम्पियनसिप आयोजना गर्दा समूह चरणको अन्तिम खेल पाकिस्तानसँग थियो। त्यतिबेला नेपालभन्दा पाकिस्तान बलियो थियो। सेमिफाइनल प्रवेशका लागि नेपालले कम्तीमा बराबरीको नतिजा निकाल्नुपर्ने थियो। नेपालका प्रशिक्षक ज्याक स्टेफनोस्कीको रणनीति पनि बराबरी खेल्ने थियो।

तर, खेलको १३औं मिनेटमा नै पाकिस्तानले एक गोलको अग्रता लियो। त्यसपछि नेपाली खेलाडी आक्रामक भए। तर, पाकिस्तानको बलियो डिफेन्स तोड्न सकिरहेका थिएनन्। जति समय ढल्किँदै थियो, दशरथ रंगशालमा खेल हेर्न पुगेका २० हजार दर्शकको आवाज मत्थर हुँदै गइरहेको थियो। 

खेल दोस्रो हाफको अतिरिक्त समयतिर पुग्यो। रेफ्रीले चार मिनेट समय थपेका थिए। त्यसको दोस्रो मिनेटमा नै १४ वर्षीय विमल घर्ती मगरले गोल गरे। रंगशाला एकाएक घन्कियो, गोल...।

विमल खेलको ६७औँ मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका थिए। तत्कालीन कप्तान सागर थापाले गरेको लामो प्रहार विपक्षी गोलरक्षकले फर्काएपछि विमलले ‘रिबाउण्ड’ मा गोल गरेका थिए। त्यही गोलका कारण विमल चम्किए। नेपाल सेमिफाइनलमा पुग्यो। त्यतिबेला पाकिस्तानका प्रशिक्षक साजाद अनवरले भनेका थिए, ‘एउटा युवा खेलाडीको जादुयी गोलले नतिजामा फरक पार्‍यो। विमल दक्षिण एसियाली फुटबलको भावी सुपरस्टार हुन्।’

तर, अनवरले तारिफ गरेजस्तो विमलको करिअर भने सहजै अगाडि बढ्न सकेन। व्यक्तिगत र खेल जीवनमा उथलपुथल बेहोरेका उनका लागि पछिल्ला तीन वर्ष निकै खराब रह्यो। करिब दुई वर्षअगाडि बन्द प्रशिक्षणमा रहेका बेला अनुमतिविना बाहिर निस्किएर नाइट क्लब पुगेपछि कारबाहीमा परे। भुटान उड्नु केही घन्टाअघि मात्रै उनी राष्ट्रिय टोलीबाट निकालिएका थिए। त्यतिमात्र नभइ ९० दिनको निलम्बन पनि बेहोरे। उनीसँग कारबाहीमा परेका अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीले स्वदेशमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने अवसर गुमाउनुपरेको थियो। नेपालले १२औं सागमा फुटबलतर्फ स्वर्ण जितेको थियो।

कारबाही फुकुवा भएपछि विमल अघिल्लो सिजन लिगको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लवबाट मैदान उत्रिए। त्यसपछि मोसफलका थुप्रै प्रतियोगितामा ‘कमब्याक’ गर्ने कोसिस गरे। गत वर्ष पुसमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि फर्किए। तर, प्रशिक्षणकै क्रममा घाइते भए र पुनः राष्ट्रिय टोलीमा फर्किने अवसर गुम्यो।

प्रशिक्षणका क्रममा उनको घुँडाको ‘एन्टेरियर क्रुसियट लिगामेन्ट’ (एसीएल) च्यातिएको थियो। ‘मेडियल कोल्याटरल लिगामेन्ट’ (एमसीएल) मा पनि चोट लागेको थियो। कतारस्थित अस्पेटर अस्पतालमा शल्यक्रिया त भयो, तर बारम्बार प्रश्न उठिरह्यो- कतै विमलको करिअर नै संकटामा परेको त होइन!

चोटका कारण धेरै खेलाडीले अनपेक्षित रूपमा खेल जीवन त्याग्नुपरेका उदाहरण प्रशस्त छन्। तर, विमलले खेल जीवनबाट विश्राम लिनु परेन। दायाँ घुँडाको शल्यक्रिया गरेका उनले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमार्फत् मैदानमा पुनरागमन गरे। मछिन्द्रबाट खेलेका विमलले जारी लिगमा तीन गोल गरिसकेका छन्। ब्रिगेड ब्वाइजविरुद्धको खेलमा उनी उत्कृष्ट लयमा देखिए, र दुई गोल गरे।

Ncell 2
Ncell 2
nimb
nimb

तर, लिग च्याम्पियन मच्छिन्द्रमा आबद्ध हुँदै मैदानमा फर्किंदा सुरुमा उनी सहज देखिएका थिएनन्। मच्छिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘चोट लागेपछि उनले लय गुमाए, आत्मविश्वास गुमाए। उनी सुरु-सुरुमा फिट नरहेका कारण दोस्रो हाफमा केही मौका दिइयो। उनमा अहिले पनि आत्मविश्वासको कमी छ। आत्मविश्वास फर्किन केही समय लाग्ला।’

प्रवेशले भनेजस्तै सुरुआती खेलमा विमल आफूलाई सम्हालेर दौडिरहेका देखिन्थे। ‘बल कन्ट्रोल’ गुमाएका थिए भने पाएका अवसरलाई पनि सदुपयोग गर्न सकिरहेका थिएनन्। त्यसैले उनीमाथि प्रशिक्षकको उस्तो भरोसा थिएन। उनले लिग चरणका पाँच खेलमा पूरा समय खेल्न पाएनन्। पहिलो खेल १० मिनेट मैदान उत्रिएका विमलले दोस्रो खेल २९ मिनेट खेले। तर, तेस्रो खेलमा अवसर नै पाएनन्।

उनले ‘कमब्याक’ गोल भने हिमालयन शेर्पाविरुद्ध गरेका थिए। खेलको ७४औं मिनेटमा मैदान छिरेका उनले गोल गर्न सकेपछि लिगका बाँकी खेलमा मैदान उत्रिने अवसर मिलेको थियो। त्यसपछि उनलाई मच्छिन्द्र मात्रै होइन, राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि विश्वास गरे। 

मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमध्ये शनिबार दशरथ रंगशालामा भएको खेलमा पहिलो रोजाइमै उनी मैदानमा उत्रिन पाए। उक्त खेलमा विमलले गोल मात्रै गरेनन्, मैत्रीपूर्ण खेलमा जितको ११ वर्षे खडेरीलाई समेत तोडे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिफा वरीयतामा तीन स्थानमुनि रहेको अफ्रिकी राष्ट्रविरुद्ध नेपालले १-० को जित निकाल्दा एक मात्र गोल विमलकै नाममा रह्यो। उनले अञ्जन विष्टको चलाखीपूर्ण लामो पासमा ५५औं मिनेटमा प्रहार गरेको बलले पोल छुँदै गोलपोस्ट चुमेको थियो।

राष्ट्रिय टोलीमा २७ महिनापछि फर्किएका विमलले नेपालका लागि आफ्नो गोल संख्या नौ पुर्‍याएका छन्। मरिससविरुद्ध गरेको गोल उनको डेब्यू गोलसँग केही समान थियो। सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध उनले पूर्वतर्फ रहेको पोस्टमै गोल गरेका थिए। त्यसैले हुनसक्छ, उनले गोलको खुसीयाली पनि उस्तै बेजोड तरिकाले मनाए।

गोलपछिको खुसीयाली मनाउँदा लाग्थ्यो- उनी त्यो क्षणका लागि प्रतीक्षरत थिए। खुसीयाली मनाउँदा जर्सी खोल्ने मुडमा देखिन्थे। तर, के सोचे, त्यही क्रममा दौडँदै प्रशिक्षक अल्मुताइरीलाई गर्ल्याम्म अंगालो हाल्न पुगे। चोटमुक्त भएर मैदान फर्केको छोटो समयमा नै अल्मुताइरीले आफूमाथि देखाएको विश्वासका कारण सायद विमल उनलाई धन्यवाद दिन चाहन्थे। त्यसैले पहिलो खुसी नै उनले अल्मुताइरीसँग साटे। 

अल्मुताइरी पनि यत्ति खुसी थिए कि विमलको गोलको खुसीयाली मनाउन उनी मैदानभित्रै छिरे। अन्य खेलाडी पनि सँगसँगै खुसी मनाउन नपुग्ने कुरै भएन। खुसी नहुनु पनि किन? पछिल्लो तीन वर्ष विमलको खेल जीवनकै खराब समय थियो।

खराब समयबाट ‘कमब्याक’
सन् २०१२ मा बंगलादेशको यू-१६ विरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमार्फत् १३ वर्षमै विमलले उमेर समूहमा ‘डेब्यू’ गरेका थिए। उमेर समूह हुँदै सिनियर टोलीमा प्रभाव जमाइसकेका विमलबाट समर्थकले जति आशा गरेका थिए, त्यति भने देख्न पाएका छैनन्। 

चोट र अन्य कारणले उनी राष्ट्रिय टोलीमा नियमित रूपमा रहन सकेनन्। त्यसमा उनका आफ्नै केही कमजोरी पनि रहे। उनले नियमित खेल्न सकेको भए सायद राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानलाई भंग गरिसक्ने थिए कि! अपेक्षा गर्न सकिन्थ्यो।

तर, व्यक्तिगत र खेल जीवनमा निकै उतारचढाव बेहोरेका उनले त्यो मौका गुमाए। युरोपमा प्रशिक्षणकै क्रममा बहिनी मनिषाको मृत्युले उनलाई विक्षिप्त बनायो। त्यसले उनको खेलमा मात्रै होइन, व्यक्तिगत आनीबानीलाई समेत निक्कै प्रभावित बनायो। 

त्योभन्दा अगाडि उनको ‘करिअर’ले उडान समातिसकेको थियो। ६ वर्षअघि उनकै कप्तानीमा नेपालले साफ यू-१९ को उपाधि जितेको थियो। नेपालले बंगबन्धु गोल्ड कप, त्यही वर्ष सोलिडारिटी कप र १२औं सागमा स्वर्ण पदक जित्दा उनी टोलीको महत्त्वपूर्ण सदस्य थिए।

२०७५ भदौ २३ गते साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्धको २-० को जितमा विमलले पहिलो गोल गरेका थिए। त्यसयता शनिबार मात्र विमलले राष्ट्रिय टोलीका लागि गोल गर्न सके। यो गोलसँगै उनले फेरि राम्रो लय समात्ने संकेत देखाएका छन्। मुख्य प्रशिक्षक अल्मुताइरी भन्छन्, ‘विमलसँग धेरै अपेक्षा गरेका छौं। त्यसैले विमल अगाडि बढ्नुपर्छ, यो गोल महत्त्वपूर्ण हो। तर, हामीलाई यत्तिले  मात्रै पुग्दैन। उनले थप मिहिनेत गरेर देशका लागि राम्रो प्रदर्शन गर्नुपर्छ।’

विमललाई राष्ट्रिय टोलीमा टिकाउन उक्त गोल निक्कै महत्त्वपूर्ण थियो। यसअघि तीन वर्ष राष्ट्रिय टोलीमा नरहँदा उनले विश्वकप छनोटका खेल र माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप गुमाए। त्यसअघि नेपालमै सम्पन्न त्रिदेशीय कप र भारतविरुद्ध घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेल पनि गुमाए। राष्ट्रिय टोलीमा ‘कमब्याक’ गरिसकेका उनले अब गुमाउनुपर्नेभन्दा पाउने उपलब्धि बढी छन्। 

प्रशिक्षक अल्मुताइरीले पनि विमलले यो गोलबाट अघि बढेर आउने दिनको बारेमा सोच्नुपर्ने बताएका छन्। उनले भने, ‘उनको आफ्नो भूमिका छ। अब उनले अझै मिहेनत गरेर देशका लागि राम्रो प्रदर्शन गर्नुपर्छ।’

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्