फाइल तस्बिर
काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कसैले क्षणिक स्वार्थपूर्तिका लागि निर्वाचनको मिति तोक्ने कार्यमा विवाद नगर्न आग्रह गरेका छन्।
स्थानीय तहको निर्वाचन मिति तोक्ने विषयमा दलहरुबीच विवाद भइरहेको समयमा उनले यस्तो आग्रह गरेका हुन्। उनले लोकतन्त्रको प्राणवायु भनेको आवधिक निर्वाचन भएकोसमेत दलहरुलाई स्मरण गराएका छन्।
‘लोकतन्त्रको प्राणवायु- आवधिक निर्वाचनको क्रमभंगले कसैको क्षणिक स्वार्थपूर्ति त गर्ला तर यसले अन्ततः लोकतन्त्रलाई हराउँछ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लोकतन्त्र हार्ने काम कसैले नगरौं।’
उनले निर्वाचनका लागि दलीय स्वार्थबाट मुक्त हुन पनि आग्रह गरेका छन्। ‘निर्वाचन मितिलाई दलीय स्वार्थबाट मुक्त गर्न र आवधिक निर्वाचन हुने दिन सुनिश्चित गर्न निर्वाचन हुने मिति कानुनमै किटान गरौं,’ उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।