काठमाडौं– स्पेनिस टेनिस स्टार राफायल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन्। मेलबर्नमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै पाँचौ वरीयताका नाडाल उपाधि नजिक पुगेका हुन्।
सेमिफाइनलमा नाडालले सातौं वरीयताका माटियोमाथि ६-३, ६-२, ३-६ र ६-३ को प्रतिस्पर्धात्मक सेटमा जित निकालेका हुन्।
नाडाल २९औं पटक ग्रान्डस्लामको फाइनलमा पुगेका हुन्। अब उनले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपास र रुसका डानिल मेदभेदेबको विजेतासँग खेल्नेछन्।
२० पटकको ग्रान्डस्लाम विजेता नाडालले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।