काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेकोमहाशाखाको भनाइ छ।
आज (शुक्रबार) दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ।
देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ। शुक्रबारबाट क्रमिकरुपमा मौसम सुधारिँदै जाने महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।