नयाँ दिल्ली– मुकेश अम्बानी भारतको धनी व्यक्तिहरुको सूचीमा लगातार १० वर्षसम्म शीर्ष स्थान ओगट्न सफल भएका छन्। फोर्ब्स म्यागेजिनले हालै सार्वजनिक गरेको सूची अनुसार रिलायन्स कम्पनीका मालिक मुकेशको कूल सम्पत्ति बढेर ३८ अर्ब डलर पुगेको छ।
नोटबन्दीका कारण भारतको अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद उनको सम्पत्ति २६ प्रतिशतले बढेको हो।
सन् २०१७ मा धनी भारतीय व्यापारीको सूचीमा भारतको तेस्रो ठूलो सफ्टवेयर कम्पनी विप्रोका अजिम प्रेमजी १९ अर्ब डलरका साथ दोस्रो स्थानमा छन्। उनी पछिल्लो वर्षको तुलनामा यसपालि दुई स्थान माथि उक्लिएका हुन्।
औषधि उत्पादन गर्ने कम्पनी सन फर्माका दीलिप सांघवी १२ दशमलव १ अर्ब डलरका साथ नवौं स्थानमा झरेका छन्। गत वर्ष उनी दोस्रो स्थानमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।