काठमाडौं– २ वटा ग्यास बुलेटको बीचमा च्यापिएर काठमाडौंमा १ जना भारतीय नागरिकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१६ बालाजु औद्योगिक क्षेत्रभित्र ग्याँस बोक्ने २ वटा बुलेटको बीचमा च्यापिएर एनएल ०२क्यू ३७२९ नम्बरको ग्यास बुलेटका चालक भारत कोलकत्ता घर भएका ४५ वर्षीय दिलिप राजवंशीको बिहीबार बिहान मृत्यु भएको हो।
औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्याँस कम्पनीको अगाडि ग्याँस अनलोड गरी पार्किङ गरी राखेको एनएल ०२ क्यू ३७२० नम्बर र एनएल ०२क्यू ३७२९ नम्बरको बुलेटमा च्यापिएर राजवंशी गम्भीर घाइते भएका थिए।
प्रहरीले घाइते अवस्थामा राजवंशीको उद्धार गरी उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो। गम्भीर घाइत राजवंशकी उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।
राजवंशीको मृत्यु भएपछि प्रहरीले एनएल ०२ क्यू ३७२० नम्बरको बुलेटका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।