• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यू–१९ राष्ट्रिय क्रिकेट टोलीबाट बाहिरिएका लोकेश बमको छलाङ

64x64
दीप सुवेदी सोमबार, माघ २४, २०७८  ०७:३०
1140x725

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएपछि लोकेश बमलाई लागेको थियो- यो कतै सपना त होइन? किनभने क्यानले बन्द प्रशिक्षणमा बोलाएका ३० खेलाडीमा उनी समावेश नै थिएनन्।

यो सपना त थिएन नै बरु लोकेशले सात वर्षअघि देखेको सपना विपनामा परिणत भएको थियो। सन् २०१४ मा बंगलादेशको चटगाउँस्थित जोहुर अहमद चौधरी रंगशालामा नेपाल टी-२० विश्वकपको ऐतिहासिक खेलमा सहभागी हुँदै गर्दा उनले आफू पनि कुनै दिन राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका थिए। तर, भर्खरै ११ वर्ष लागेका उनलाई न क्रिकेटबारे राम्रो ज्ञान थियो, न त नेपाली राष्ट्रिय टोलीबारे नै।

विश्वकपको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले हराएपछि उनले बल्ल नेपाली राष्ट्रिय टोलीका सदस्यबारे थाहा पाएका थिए। त्यसको ठीक सात वर्षपछि उनी आफैं राष्ट्रिय टोलीको सदस्य छन् र देशलाई पुनः टी-२० विश्वकपमा पुर्‍याउने जिम्मेवारी पनि छ।

‘सानैदेखि अरु देशले विश्वकप खेलेको हेर्दै आएको थिएँ। तर, नेपाली टोली पनि छ भन्ने थाहा थिएन। नेपाल पहिलो पटक विश्वकपमा पुगेको देखेपछि म पनि एक दिन विश्वकप खेल्छु भने सपना बुनेको थिएँ। यसपटक त्यो मौका थियो,’ उनी भन्छन्, ‘तर, खेलाडीलाई क्लोज क्याम्पमा बोलाइसकिएको थियो। तैपनि पीएम कपबाट केही खेलाडी राख्ने भन्ने सुनेपछि अलिकति होप थियो।’

करिब एक महिनाअगाडि नेपाल क्रिकेट संघ (क्यान)ले आगामी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल ‘ए’ छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा उनको नाम थिएन। तर, क्यानले पछिल्लोपटक टोली घोषणा गर्दा उनी समेटिएका छन्।

गत साता सकिएको पीएम कप टी-२० क्रिकेट प्रतियोगतामा एपीएफ क्लबलाई उपाधि जिताउन लोकेशले उत्कृष्ट प्रदर्शन गरे। उनले सेमिफाइनलमा आफ्नो पूर्वक्लब त्रिभुवन आर्मीविरुद्ध मात्र १८ बलमा ९ छक्का र २ चौकासहित ६६ रनको अविजित इनिङ्स खेले। १४ बलमै अर्धशतक पूरा गर्दै उनले सबैभन्दा कम बलमा अर्धशतक बनाउने नेपाली खेलाडी बने।

उक्त खेलमा ९ रन बनाएका कप्तान शरद भेषावकर १७औं ओभरको तेस्रो बलमा ‘स्क्वायर लेग’मा ‘क्याच’ भएपछि लोकेश क्रिजमा छिरेका थिए। खेल सकिन जम्मा २१ बल बाँकी थियो। उनले आर्मीका तीव्र गतिका बलर जितेन्द्र मुखियालाई लगातार तीन छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे। उनको ‘फिनिसिङ’ पनि उस्तै आक्रामक थियो।

nimb
nimb
Ncell 2
Ncell 2

समूह चरणमा पनि लोकेशले यस्तै आक्रमक खेल देखाइसकेका थिए। निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको बागमतीविरुद्ध उनले २१ बलमै अर्धशतक प्रहार गरेका थिए। उनी भन्छन्, ‘मेरो खेल्ने शैली यही हो। महत्त्वपूर्ण कुरा टिमको लागि रन बनाउनु थियो। मैले त्यो गरें। टाइमिङ मिल्दा सफलता हात पारें।’

प्रतियोगतामा सर्वाधिक रन बनाउने खेलाडीको उनी छैटौं स्थानमा छन्। उनले ६ खेलमध्ये दुई खेलमा अविजित रहँदै १५२ रन बनाए। औसतमा ३८ रन बनाएका उनको सर्वाधिक रन ६६ हो। उनले दुई अर्धशतक बनाए भने समग्र इनिङ्समा १३ चौका र त्यति नै छक्का प्रहार गरे। तिनै दुई अर्धशतकीय इनिङ्ले लोकेशका लागि राष्ट्रिय टोलीको ढोका खुलेको हो।

यसअघि उनले यू–१९ टोलीबाट भने नेपालको प्रतिनिधित्व गरिसकेका छन्। सन् २०१८ मा भारतको लखनउमा भएको सिरिजमा भारतको ‘ए’ र ‘बी’ यू–१९ टोलीसँग अफगानिस्तान र नेपालका यू–१९ टोलीले पनि प्रतिश्पर्धा गरेका थिए। उक्त सिरिजमा अफगानिस्तानविरुद्धका दुई खेलमा मौका पाउँदा उनले जम्मा ३१ रन मात्र बनाएका थिए।

क्यानले नेपालको यू–१९ टोलीका लागि पहिलो चरणमा ३० जनालाई बोलाएको थियो। निरन्तर खराब प्रदर्शनका कारण अनुभवी लोकेशको सट्टामा नयाँ खेलाडीले मौका पाए। यू–१९ राष्ट्रिय टोलीमा नपरेका उनले राष्ट्रिय टोलीमा स्थान बनाउँदै सबैलाई चकित बनाइदिए।

त्यसपछि मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि नेपालले जित्दा उनी पनि टोलीमा थिए। तर, कुनै पनि खेलमा मौका पाएनन्। त्यसपछि श्रीलंकामा भएको यू–१९ प्रतियोगितामा पनि टोलीमा परेका उनले मैदान प्रवेशको अवसर नै पाएनन्। उमेर समूहमा कुनै खेलमा पनि उनले प्रभाव छाड्न सकेनन्। मुख्य प्रतिगितामा जसले मैदानमा प्रभाव देखाउन सक्दैन, उसको सम्भावना कम हुँदै जान्छ। अघिल्लो महिना युएईमा सम्पन्न भएको यू–१९ एसिया कपका लागि उनी टोलीमै थिएनन्।

क्यानले नेपालको यू–१९ टोलीका लागि पहिलो चरणमा ३० जनालाई बोलाएको थियो। निरन्तर खराब प्रदर्शनका कारण अनुभवी लोकेशको सट्टामा नयाँ खेलाडीले मौका पाए। यू–१९ राष्ट्रिय टोलीमा नपरेका उनले राष्ट्रिय टोलीमा स्थान बनाउँदै सबैलाई चकित बनाइदिए।

खेलाडी छनौटको आधार विगत नभएर वर्तमानको प्रदर्शन नै हो। गत वर्ष प्रधानमन्त्री कप र मेयर्स कपमा त्रिभुवन आर्मी क्लबबाट खेल्दा उनी त्यति जम्न सकेका थिएनन्। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ६ खेलमा १२७ रन बनाएका थिए। उनको स्ट्राइक रेट ११३.३९ थियो। उक्त प्रतियोगितामा १०० भन्दा बढी रन बनाउने ब्याट्सम्यानमा सयमाथिको स्ट्राइक रेट भएका लोकेश तेश्रो ब्याट्सम्यान थिए। 

उनले यो वर्ष आर्मी छाडेर एपीएफको लागि खेल्ने निर्णय गरे। आर्मीमा रहन नौ महिना अनिवार्य तालिम गर्नुपर्ने भएपछि उनले टिम छाड्ने निर्णय गरेका हुन्। सुरुवातमा तीन महिना मात्र तालिम गरे पुग्ने बताइएको थियो। पछि लामो तालिम अनिवार्य भएपछि उनले खेल छुटाउन चाहेनन्। उनको उक्त निर्णय सही सावित हुन पुग्यो।

उनले एपीएफबाट शानदार प्रदर्शन गरे। ‘निरन्तर प्रदर्शन गर्दै टिममा परिरहन गाह्रो छ। यसअघि मैले राम्रो प्रदर्शन गर्न सकिनँ। त्यसैले यू–१९ मा नपर्दा खासै दुःख लागेको थिएन। तर, जे हुन्छ राम्रोकै लागि हुन्छ। यसपटक क्लबबाट पनि मौका पाएँ र राष्ट्रबाट पनि,’ उनले भने।

धनगढीबाट यू–१९ को यात्रा
लोकेशले सन् २०१५ देखि धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षण सुरु गरेका थिए। उनको प्रतिभा चिनेर नै पूर्वराष्ट्रिय क्रिकेटर दीपेन्द्र चौधरीले आक्रामक ब्याटर बनाए। त्यही क्षमता राष्ट्रिय टोलीमा पर्ने कारण बन्यो।

डोटीमा जन्मिएर कैलालीको धनगढीमा हुर्किएका लोकेशले पहिला लन टेनिस बलले क्रिकेट खेलेका थिए। त्यति बेला बाल मस्तिष्कमा क्रिकेट खेलेर देशको प्रतिनिधित्व गर्ने र खेल्नका लागि विदेश पुग्ने सोच थिएन। यद्यपि, टी-२० विश्वकपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, सुवास खकुरेलजस्ता खेलाडीको खेल हेरेपछि क्रिकेटमा भविष्य बनाउने सपना बुने। 

तर, उनको चाहनालाई सुरुमा परिवारले साथ दिएन। उनका बाबुले क्रिकेटभन्दा पढाइमा ध्यान दिन भने। ‘बुबाले पढाइमा ध्यान दिन भन्नु हुन्थ्यो। बुबाले क्रिकेट खेल्न रोकेपछि आमासँग गएर अड्डी कसेँ। अनि मात्र धनगढी क्रिकेट एकेडेमीमा भर्ना हुन पाएँ,’ उनी भन्छन्।

धनगढी क्रिकेट एकेडेमीका प्रशिक्षकले उनलाई बलिङभन्दा ब्याटिङ गर्न सुझाए। एकेडेमीमा नेटमा अभ्यास गर्दैगर्दा चौधरीले उनको ब्याटिङ देखे। अन्य खेलाडीसँग पनि उनको बारे सोधे। त्यसपछि चौधरीले उनलाई माथिल्लोस्तरमा खेल्नसक्ने खेलाडी भएको बताए। उनले नै यू–१९ राष्ट्रिय टिमसम्मको बाटो देखाए। ‘एक दिन धनगढीमा चौधरी सर आउनु भयो। उहाँले मेरो क्षमता देखेर बोलाउनु भयो। उहाँबाट सिक्दै गर्दै यू–१९ टोलीबाट खेल्न पाएँ,’ उनी भन्छन्। उनी काठमाडौंमा भएको ट्यालेन्ट हन्टबाट सन् २०१८ मा यू–१९ राष्ट्रिय टोलीमा छानिएका थिए। 

पीपीएलको त्यो इनिङ्स
यू–१९ मा प्रदर्शन राम्रो नभएपछि उनी क्रिकेट सिक्नकै लागि दिल्ली गए। दिल्लीमा आफन्त थिए। त्यहीँ बसेर उनले द्वारिका क्रिकेट एकेडेमीमा तीन महिना प्रशिक्षण लिए। दिल्लीमा गरेको अभ्यासले उनलाई आत्मविश्वास जगायो।

त्यसपछि विराटनगर टाइटन्सका तत्कालीन कप्तान रहेका प्रदीप ऐरीले उनलाई आफ्नो टिममा भित्र्याए। उनले सन् २०१९ को पोखरा प्रिमियर लिग (पीपीएल) मा मौका पाए। उक्त प्रतियोगितामा पारस खड्काले कप्तानी गरेको चितवन राइनोजविरुद्ध उनले ३६ बलमा ५ चौका र ५ छक्का मद्दतले ६२ रन बनाए। उनले पारस खड्का, करन केसी, बिक्रम सोब, रोहन मुस्तफाजस्ता बलरविरुद्ध आक्रामक सटहरू खेले।

‘एक्स्पर्ट धनगढी ब्लुजविरुद्धको पहिलो खेलमा विराटनगरले अनुभवी खेलाडीलाई मौका दिएको थियो। पोखरा पल्टनविरुद्धको दोस्रो खेलमा मौका पाए पनि केवल २ रन जोड्न सकें,’ उनी भन्छन्, ‘प्रतियोगितामा आफूलाई प्रमाणित गर्नु थियो। त्यसैले चितवनविरुद्ध विगत बिर्सिएर खेलें।’ उक्त अर्धशकतबाट उनले प्रसंशा बटुले। पारस खड्काले पनि उनको प्रसंशा गरेपछि प्रफुल्लित भएका थिए। प्रतियोगितामा पाँच खेलमा एक अर्धशतकसहित ९७ रन जोडेका उनी पीपीएलको ‘मोस्ट भ्यालुएबल’ खेलाडी चुनिएका थिए। 

फाइनलमा चितवन राइनोजसँग उनको टोली विराटनगर पराजित भयो। तर, उनले गजबको छाडेका थिए। त्यही प्रतियोगिताले उनको क्षमता चिनाएको थियो। तर, पटक पटक प्रारम्भिक टोलीमा बोलाइए पनि उनले राष्ट्रिय टोलीमा स्थान भने बनाउन सकेका थिएनन्। उनी गत वर्ष नेदरल्याण्ड्स र मलेसियासँग खेलिएको त्रिकोणात्मक टी-२० सिरिजमा समेत प्रारम्भिक टोलीमा थिए। तर, तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले कुशल भुर्तेल, रोहितकुमार पौडेल, आरिफ शेखलगायत युवा खेलाडीलाई मौका दिँदा उनी प्रारम्भिक टोलीबाटै बाहिरिए।

यस्तै, उनी गत वर्ष क्रिकेट विश्वकप लिग-२ को ओमान र अमेरिकासँग हुने भनिएको सिरिजमा समेत प्रारम्भिक २४ सदस्यीय टिममा थिए। तर, उक्त प्रतियोगिता कोरोनाका कारण स्थगित भयो।

यसपटक उनले क्षमता र आत्मविश्वास दुवै देखाएका छन्। ‘मैले आफूलाई क्षमतावान देखाउनु थियो। प्रयास जारी राखें। मिहिनेत गरिरहें। हार खाइनँ। त्यसैले होला अहिले टोलीमा परें,’ उनी भन्छन्, ‘अब अन्तिम–११ मा स्थान पाउने वा नपाउने त्यो कोचको हातमा हुन्छ। तर, अवसर पाएँ भने नेपाललाई विश्वकपमा पुर्‍याउने छु।’

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एसियन वुमेन्स क्वालिफायर : पूजाको अर्धशतकमा चीनमाथि नेपालको जित यससँगै छनोटको समूह ‘बी’ दुई अंक जोडेको छ र शीर्ष स्थानमा रह्‌यो । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा चीनले जितका लागि १२६ रनको लक्ष... बुधबार, जेठ १३, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? क्यानले पहिलोपटक ए प्लस क्याटगोरी थपेको छ । ए प्लसमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । सोमबार, जेठ ११, २०८३
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि यूएईसँगको दुई खेलको टी–२० सिरिजमा ट... आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्