• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भक्तपुरमा 'अघोषित लोडसेडिङ': फोनमै गाली गर्छन् उपभोक्ता

रमेश गिरी/रासस बिहीबार, माघ १३, २०७८  १३:३६
1140x725
प्रतिकात्मक तस्बिर

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन्। आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा परेकी हुन्। 

उनी मात्रै होइन आजभोलि दिउँसो र राति लोडसेडिङको झझल्को दिने गरी दैनिक विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षामा सहभागी भएका हजारौँ विद्यार्थीदेखि कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका बिरामीसमेत मारमा परेका छन्। सुनिता भन्छिन्, 'थाहै नदिइ जतिबेला पनि दैनिक झ्याप्प झ्याप्प बत्ती जान्छ, अनलाइन कक्षा गर्दा धेरै मारमा परियो, सरले पनि गाली गर्नुहुन्छ, मेरो मात्रै हैन, भाइबहिनीदेखि साथीहरुको समस्या पनि उस्तै छ, बत्ती गएर हाम्रो पढाइ बिग्रिँदा यसको जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्दैन?' 

सुनिता त प्रतिनिधि पात्र मात्रै हुन, अचेल मध्यपुरथिमि राधेराधे क्षेत्रमा मात्रै नभइ भक्तपुरका विभिन्न क्षेत्रमा बिना सूचना विद्युत् प्राधिकरणले दिउँसो मर्मतका नाममा दैनिक एक घण्टादेखि चार घण्टासम्म विद्युत् आपूर्ति बन्द गर्दा धेरैलाई समस्या परेको गनासो छ। 

Ncell 2
Ncell 2

कोभिड–१९ को संक्रमणमा परेर होम आइसोलेशनमा बस्नु भएका मध्यपुरथिमि नगरपालिका–९ कमेरोटारकी ७४ वर्षीय नरबहादुर थापाको समस्या पनि उस्तै छ। दैनिक अक्सिजन लिनुपर्ने भएपछि परिवारले अक्सिजन कन्सन्ट्रेटरनै घरमा ल्याएर राखिदिएका छन्। तर दैनिक घण्टौं बत्ती जाँदा अक्सिजनसमेत लिन नपाएको गुनासो उनको छ। 

थापाका छोरा गोकुल थापाले भने, 'दैनिक अक्सिजन सिलिण्डर बोक्न समस्या भएकाले एक लाख तिरेर अक्सिजन कन्सन्ट्रेटर मेसिननै ल्याएर घरमा बुबालाई अक्सिजन दिन थालियो तर बत्ती जाँदा फेरि त्यही सिलिण्डरको भर पर्नुपरेको छ, कहिले त प्राधिकरणले अघोषित लोडसेडिङ पो गरेको हो कि जस्तो लाग्छ।' दिउँसो त लाइन मर्मतको नाममा प्राधिकरणले बत्ती काट्छ, तर राति के भएर दैनिक १५–२० मिनेटको फरकमा झ्याप्प झ्याप्प बत्ती जान्छ, उपभोक्ता छक्क परेका छन्। एक सातायता मध्यपुर थिमिको राधेराधे, सङ्गम कोलोनी, कमेरोटारलगायतका क्षेत्र र जिल्लाका अन्य क्षेत्रमा पनि साँझ परेपछि दैनिक झ्याप्प झ्याप्प बत्ती जाने गरेपछि उपभोक्ता दिक्क भएका छन्। 
    
सूर्यविनायक नगरपालिका–२ बालकोटकी मञ्जु न्यौपानेले भनिन्, 'सरकार विद्युत् जति पनि छ, अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ, हामीले दैनिक बत्ती जाने समस्याले वाक्क भइसक्यौं।' राति बत्ती जान थालेपछि विद्युत् प्राधिकरणका कर्मचारीले पनि सास्ती भोग्ने गरेका छन्। राति पटक–पटक बनाउन जाँदा सास्ती भएको उनीहरु बताउँछन्। 

कर्मचारीले पनि बत्ती जान थालेपछि नोलाइटमा फोन उठाउनै नभ्याउने गरी गुनासो आउने गरेको विद्युत् प्राधिकरण नोलाइटका एक कर्मचारीले बताए। ती कर्मचारीले भने, 'राति हामीले बत्ती काट्ने होइन, बत्ती खपत बढी भएपछि ट्रान्समिटरले लोड धान्न सक्दैन, बत्ती गइरहन्छ, कहाँ समस्या हो, पहिचान गरेर कर्मचारी बनाउन जाँदा आधा घण्टा त लागिहाल्छ, बनाएर आउन नपाइ फेरि बत्ती गयो भन्ने गुनासो आउँछ, हामीलाई पनि कहाँ सजिलो छ र ? ग्राहकले यो कुरा बुझ्दैनन्, कहिले त फोनमै गाली गर्छन्।'
    
नेपाल विद्युत् प्राधिकरण थिमि शाखाका प्रमुख रोहिनी पौडेलले दिउँसो समस्या आएका ठाउँमा लाइनमर्मत गर्न जाँदा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताए। राति भने लोड धान्न नसकेर समस्या आएको उनको भनाइ छ। राति घर–घरमा हिटरदेखि इन्डक्सनसम्म बल्ने गरेको र एकै पटक खपत धेरै हुँदा ट्रान्समिटरले लोड धान्न नसकेर बत्ती जाने गरेको उनको भनाइ छ। दैनिक बत्ती जान थालेपछि ग्राहकको निकै गुनासो आउन थालेको बताउँदै प्रमुख पौडेलले भने, 'राति एकै पटक धेरै विद्युत् खपत हुन थालेका छ, ट्रान्समिटरले लोड नै धान्दैन, लोड धान्न नसकेपछि ट्रान्समिटरको एमसिबी झरेको झर्‍यै गर्छ, अनि बत्ती गइरहन्छ, ट्रान्समिटर नफेरेसम्म यो समस्या आउने देखिन्छ।' ट्रान्समिटर फेर्नका लागि पहल गर्ने उनको भनाइ छ। 
    
हरेक क्षेत्रमा बस्ती बढ्दै जाँदा विद्युत्को खपत पनि बढेको तर प्राधिकरणले ट्रान्समिटरको क्षमता भने नबढाउँदा समस्या आएको प्राधिकरणकै कर्मचारीको भनाइ छ। '२० वर्ष अगाडिका ट्रान्समिटर अझै चलेका छन्, समस्या भएको ठाउँमा र माग बढी भएको ठाउँमा थप क्षमताको ट्रान्समिटर राख्नुपर्छ, तर केन्द्रले त्यसतर्फ ध्यान दिनसकेको छैन, ग्राहकको गाली भने हामी दिनरात खटिने कर्मचारी खान्छौँ, खै हामी साना कर्मचारीले के भन्ने,' ती कर्मचारीको गुनासो छ। 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
दुर्गा प्रसाईं पोखराबाट पक्राउ कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । सोमबार, माघ ५, २०८२
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष अस्पतालका निर्देशक डा दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि ३० आकस्मिक... सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) प्रहरी प्रधान कार्यालय, नक्सालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो। सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्