• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भक्तपुरमा 'अघोषित लोडसेडिङ': फोनमै गाली गर्छन् उपभोक्ता

रमेश गिरी/रासस बिहीबार, माघ १३, २०७८  १३:३६
1140x725
प्रतिकात्मक तस्बिर

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन्। आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा परेकी हुन्। 

उनी मात्रै होइन आजभोलि दिउँसो र राति लोडसेडिङको झझल्को दिने गरी दैनिक विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षामा सहभागी भएका हजारौँ विद्यार्थीदेखि कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका बिरामीसमेत मारमा परेका छन्। सुनिता भन्छिन्, 'थाहै नदिइ जतिबेला पनि दैनिक झ्याप्प झ्याप्प बत्ती जान्छ, अनलाइन कक्षा गर्दा धेरै मारमा परियो, सरले पनि गाली गर्नुहुन्छ, मेरो मात्रै हैन, भाइबहिनीदेखि साथीहरुको समस्या पनि उस्तै छ, बत्ती गएर हाम्रो पढाइ बिग्रिँदा यसको जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्दैन?' 

सुनिता त प्रतिनिधि पात्र मात्रै हुन, अचेल मध्यपुरथिमि राधेराधे क्षेत्रमा मात्रै नभइ भक्तपुरका विभिन्न क्षेत्रमा बिना सूचना विद्युत् प्राधिकरणले दिउँसो मर्मतका नाममा दैनिक एक घण्टादेखि चार घण्टासम्म विद्युत् आपूर्ति बन्द गर्दा धेरैलाई समस्या परेको गनासो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कोभिड–१९ को संक्रमणमा परेर होम आइसोलेशनमा बस्नु भएका मध्यपुरथिमि नगरपालिका–९ कमेरोटारकी ७४ वर्षीय नरबहादुर थापाको समस्या पनि उस्तै छ। दैनिक अक्सिजन लिनुपर्ने भएपछि परिवारले अक्सिजन कन्सन्ट्रेटरनै घरमा ल्याएर राखिदिएका छन्। तर दैनिक घण्टौं बत्ती जाँदा अक्सिजनसमेत लिन नपाएको गुनासो उनको छ। 

थापाका छोरा गोकुल थापाले भने, 'दैनिक अक्सिजन सिलिण्डर बोक्न समस्या भएकाले एक लाख तिरेर अक्सिजन कन्सन्ट्रेटर मेसिननै ल्याएर घरमा बुबालाई अक्सिजन दिन थालियो तर बत्ती जाँदा फेरि त्यही सिलिण्डरको भर पर्नुपरेको छ, कहिले त प्राधिकरणले अघोषित लोडसेडिङ पो गरेको हो कि जस्तो लाग्छ।' दिउँसो त लाइन मर्मतको नाममा प्राधिकरणले बत्ती काट्छ, तर राति के भएर दैनिक १५–२० मिनेटको फरकमा झ्याप्प झ्याप्प बत्ती जान्छ, उपभोक्ता छक्क परेका छन्। एक सातायता मध्यपुर थिमिको राधेराधे, सङ्गम कोलोनी, कमेरोटारलगायतका क्षेत्र र जिल्लाका अन्य क्षेत्रमा पनि साँझ परेपछि दैनिक झ्याप्प झ्याप्प बत्ती जाने गरेपछि उपभोक्ता दिक्क भएका छन्। 
    
सूर्यविनायक नगरपालिका–२ बालकोटकी मञ्जु न्यौपानेले भनिन्, 'सरकार विद्युत् जति पनि छ, अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ, हामीले दैनिक बत्ती जाने समस्याले वाक्क भइसक्यौं।' राति बत्ती जान थालेपछि विद्युत् प्राधिकरणका कर्मचारीले पनि सास्ती भोग्ने गरेका छन्। राति पटक–पटक बनाउन जाँदा सास्ती भएको उनीहरु बताउँछन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कर्मचारीले पनि बत्ती जान थालेपछि नोलाइटमा फोन उठाउनै नभ्याउने गरी गुनासो आउने गरेको विद्युत् प्राधिकरण नोलाइटका एक कर्मचारीले बताए। ती कर्मचारीले भने, 'राति हामीले बत्ती काट्ने होइन, बत्ती खपत बढी भएपछि ट्रान्समिटरले लोड धान्न सक्दैन, बत्ती गइरहन्छ, कहाँ समस्या हो, पहिचान गरेर कर्मचारी बनाउन जाँदा आधा घण्टा त लागिहाल्छ, बनाएर आउन नपाइ फेरि बत्ती गयो भन्ने गुनासो आउँछ, हामीलाई पनि कहाँ सजिलो छ र ? ग्राहकले यो कुरा बुझ्दैनन्, कहिले त फोनमै गाली गर्छन्।'
    
नेपाल विद्युत् प्राधिकरण थिमि शाखाका प्रमुख रोहिनी पौडेलले दिउँसो समस्या आएका ठाउँमा लाइनमर्मत गर्न जाँदा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताए। राति भने लोड धान्न नसकेर समस्या आएको उनको भनाइ छ। राति घर–घरमा हिटरदेखि इन्डक्सनसम्म बल्ने गरेको र एकै पटक खपत धेरै हुँदा ट्रान्समिटरले लोड धान्न नसकेर बत्ती जाने गरेको उनको भनाइ छ। दैनिक बत्ती जान थालेपछि ग्राहकको निकै गुनासो आउन थालेको बताउँदै प्रमुख पौडेलले भने, 'राति एकै पटक धेरै विद्युत् खपत हुन थालेका छ, ट्रान्समिटरले लोड नै धान्दैन, लोड धान्न नसकेपछि ट्रान्समिटरको एमसिबी झरेको झर्‍यै गर्छ, अनि बत्ती गइरहन्छ, ट्रान्समिटर नफेरेसम्म यो समस्या आउने देखिन्छ।' ट्रान्समिटर फेर्नका लागि पहल गर्ने उनको भनाइ छ। 
    
हरेक क्षेत्रमा बस्ती बढ्दै जाँदा विद्युत्को खपत पनि बढेको तर प्राधिकरणले ट्रान्समिटरको क्षमता भने नबढाउँदा समस्या आएको प्राधिकरणकै कर्मचारीको भनाइ छ। '२० वर्ष अगाडिका ट्रान्समिटर अझै चलेका छन्, समस्या भएको ठाउँमा र माग बढी भएको ठाउँमा थप क्षमताको ट्रान्समिटर राख्नुपर्छ, तर केन्द्रले त्यसतर्फ ध्यान दिनसकेको छैन, ग्राहकको गाली भने हामी दिनरात खटिने कर्मचारी खान्छौँ, खै हामी साना कर्मचारीले के भन्ने,' ती कर्मचारीको गुनासो छ। 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो... शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुनार... शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्