काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज पुर्याउने उद्देश्यका साथ बुधबारदेखि एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।
अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरिरहेको जनाएको छ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा प्रदान गर्दै आएको छ।
यस्तै, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।