काठमाडौं– कोरोना संक्रमण बढेसँगै पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवा आज (बिहीबार) देखि स्थगित गरिएको छ।
पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट केही कर्मचारीसमेत संक्रमित भएसँगै माघ १६ गतेसम्मका लागि नियमित सेवा बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ।
केही कर्मचरी संक्रमित भएको र अन्य कर्मचारीमा समेत कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए।
महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना सङ्क्रमणका कारण बन्द गरिएको छ। महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ। जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।