चितवन– भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो।
विकलाई स्थानीयवासीले साइकलसहित नालीमा खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।