काठमाडौं- राष्ट्रिय सभा निर्वाचनको मतदानको लागि दाङको घोराही जाँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनामा परेको छ।
दुर्घटनामा प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी घाइते छन्। सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाउँपालिका –१ कालाकाटे नजिक सुदूरपश्चिम- ०१००-११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोक्किएको थियो।
उक्त गाडीमा प्रदेश सभा सांसद सुनिता ठठेर र रूपन्देहीको शुद्धोधन गाउँपालिका प्रमुख किसुनचन्द चौधरी तथा उपप्रमुख पनि सवार थिए।
दुर्घटनामा परेर चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।