काठमाडौं– भ्वाइस बेस्ड कम्युनिकेशन र सुरक्षित मेसेजिङ सञ्जाल राकुटेन भाइबरले २०२१ मा भाइबर प्रयोगबारे गरिएको अनुसन्धानको नतिजा सार्वजनिक गरेको छ।
नेपालमा वर्षभरि नै ग्रुप च्याट र कम्युनिटीहरू प्रयोगकर्ता माझ लोकप्रिय रहेको भाइबारले दाबी गरेको छ। कम्युनिटी फिचरहरूमा ३९ प्रतिशतको उल्लेखनीय वृद्धि भएको थियो।
त्यसैगरी, दोस्रो स्थानमा ग्रुप च्याट सिर्जना गर्नेहरू रहेका छन् । थप ग्रुप फङसन् र मेसेज आदानप्रदानको साथ ३८ प्रतिशतको वृद्धि भएको छ।
ग्रुप च्याटमा मेसेजिङ गर्नेको संख्या २६ प्रतिशतले बढेको भाइबरले जनाएको छ। भाइबर कम्युनिटीहरूले महामारीको विषम समयमा नेपालमा सूचना प्रवाह र प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेका दाबी गरिएको छ।
भाइबरले सार्वजनिक गरेको अर्को महत्त्वपूर्ण उपलब्धी भनेको भाइबर लेन्सको तथ्याङ्क हो, जुन, गत जुन २०२१ मा विश्वव्यापी रूपमा र नेपालमा गत सेप्टेम्बर २०२१ मा सुरु गरिएको थियो।
विश्वव्यापी लन्चको पहिलो लहरपछि, ७.३ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले तस्बिर, भिडियो, वा 'जिफ' जस्ता मिडियाका लागि लेन्सहरू प्रयोग गरेका छन्। ५.६ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले एपमा ५१.८ मिलियनभन्दा बढी तस्बिरहरू खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।