काठमाडौं- नेपालको जनगणनामा पहिलो पटक कालापानी र लिपुलेकको जनसंख्या पनि जोडिएको छ।
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणमा कालापानी र लिपुलेकको जनसंख्या विवरण पनि समावेश गरेको छ।
राष्ट्रिय जनगणना–२०७८ मा चुच्चे नक्सा जारी गरिएको क्षेत्रको जनसंख्या पनि समावेश गरेको विभागले जनाएको छ। उक्त क्षेत्रको विस्तृत जनसंख्या विवरण भने सार्वजनिक गरिएको छैन। यो क्षेत्र नेपालको भए पनि भारतले दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।